पाकिस्तानको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ८७ पुग्यो
पेसावर । पाकिस्तानको पेसावर सहरमा रहेको एक मस्जिदमा भएको बम हमलामा मर्नेको सङ्ख्या ८७ पुगेको छ । मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई लक्षित गरेर सो विस्फोट गराइएको बताइएको छ । घटनामा १ सयभन्दा बढी घाइते रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
उद्धार कार्य पछिल्लो १८ घण्टादेखि जारी रहेको छ । मोहमद बिलाल फैजीले अझै पनि केही मानिसहरू भग्नावशेषमा पुरिएको आशङ्का व्यक्त गरेका छन् । उच्च सुरक्षा रहेको प्रहरी हेडक्वार्टर भएको क्षेत्रमा कसरी हमला प्रवेश गर्यो भन्नेबारेमा अनुसन्धान भइरहेको बताइएको छ ।
प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तानको रक्षा गर्ने जिम्मेवारी निभाउनेहरूलाई लक्षित गरेर आतंकवादीहरुले डरको वातावरण सिर्जना गर्न खोजेको बताएका छन् । यसअघि पाकिस्तान तालिबानका एक कमान्डरले घटनाको जिम्मेवारी दिए पनि संगठनले पछि उक्त दाबीलाई खारेज गरेको छ ।
सो समूहले गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको घोषणा गरेको थियो । त्यसयता पाकिस्तानमा हिंसाका घटनाहरूमा वृद्धि भएको छ । गत डिसेम्बरमा उनीहरुले पाकिस्तानको उत्तर पश्चिममा रहेको एक प्रहरी कार्यालयमा आक्रमण गरेका थिए जसमा ३३ जना आतंकवादीको मृत्यु भएको थियो ।
पेसावर प्रहरी प्रमुख मोहमद इजाज खानले स्थानीय मिडियालाई विस्फोटको समयमा ३ सयदेखि ४ जना प्रहरी सो मस्जिदमा उपस्थित रहेका थिए । स्थानीय समयअनुसार दिउँसो साढे १ बजेतिर विस्फोट भएको थियो । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण