शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हराउँदै फापर खेती

मङ्गलबार, १७ माघ २०७९, १४ : १८
मङ्गलबार, १७ माघ २०७९

जुम्ला । जुम्लामा फापर बाली लोपोन्मुख अवस्था पुगेको छ। हिमाली भेगमा उत्पादन हुने फापर अन्नबाली क्रमश: हराउँदै जाँदा जुम्लामा यसको असर परेको हो ।

व्यावसायिक रूपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ। उच्च रक्तचाप तथा सुगरका बिरामीले फापरका परिकार चाखलाग्दो रूपमा खान्छन् ।

यो परिकार सेवन गर्दा मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन सहयोग पुग्ने र मानिसको स्मरणशक्ति बढाउन समेत लाभदायक मानिन्छ । 

नेपालमा हाल तीते र मीठो गरी दुई थरिको फापरको उत्पादन हुँदै आएको छ।जुम्लामा आर्थिक वर्ष २०७८/०८९ काे तथ्यांकअनुसार ९० हेक्टर क्षेत्रफलमा ९९ मेट्रिक टन उत्पादन हुने गरेको छ।कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीका अनुसार फापरलगायतका रैथाने अन्नबाली उत्पादनमा कमी आएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका -१ गाैरीनन्द आचार्यले जुम्लाको हकमा पछिल्लो हकमा दशकदेखि फापर खेती गर्न छाडेको बताए। जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएको प्रति उनको चिन्ता देखाए।

खेतीयोग्य जमिनमा समेत रैथानेबाली हराउन थालेको छ।अहिले कृषि पेशामा युवा जनशक्तिको आकर्षण छैन।खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ । परम्परागतरुपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै आएका छन्।

उनले थपे- पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन।दशक अघिसम्म ग्रामीण क्षेत्रका उच्चभागमा फापरको खेती व्यापक हुन्थ्यो तर अहिले तिनको उत्पादनमा कमी भए पनि बजारमा माग भने बढ्दो छ।

उत्पादन कम हुने हुँदा फापर खेती गर्न छाडेको र जति मिहिनेत गरे पनि उत्पादन न्यून हुँदा फापर बालीप्रति आकर्षण घटेको किसानहरु बताउँछन्।

यता तिला गाउँपालिका -९ का धनबहादुर बुढाले गाउँघरमा भन्दा शहर बजारमा फापरको महत्त्व बढ्दै गएको बताए।फापर रुखो डाँडापाखा, पानी, र मलको अभावमा पनि सजिलै उत्पादन गर्न सकिने बुढाले बताए ।

फापरको पिठोबाट बनेको परिकार नियमित सेवन गर्दा मोटोपन पनि कम हुने चिकित्सकको भनाइ रहेको पाइन्छ।कृषि विज्ञका अनुसार फापरमा ‘बी’ भिटामिन, प्रोटिन, खनिज एन्टी अक्सिडेन्ट पोलिफेनोल र करिब १० देखि १२.५ प्रतिशत प्रोटिन पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप