आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

अदालतको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे केही हुँदैन : प्रचण्ड

मङ्गलबार, १७ माघ २०७९, १५ : ०८
मङ्गलबार, १७ माघ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेको नागरिकताबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म केही निर्णय नगर्ने बताएका छन् । 

मंगलबार बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो ब्रिफिङ गरेको प्रवक्ता समेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकपछि जानकारी दिए । 

‘गृह मन्त्रालयका बारेमा अदालतको पूर्णपाठ नआउँदासम्म ठोस निर्णय हुँदैन भनेर प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ’, महराको भनाइ छ । उनले राष्ट्रपतिका सन्दर्भमा भएको छलफलमा सकेसम्म राष्ट्रिय सहमति बनाउने प्रयासमा लाग्नुपर्ने धारणा आएको महराले बताए । 

‘राष्ट्रपतिका सवालमा सकेसम्म एमालेसहितको राष्ट्रिय सहमति हुनुपर्छ भन्ने धारणा आएको छ’, महराले भने, ‘राष्ट्रपति को हुन्छ भन्नेमा अझै समय बाँकी रहेकाले छलफल गर्दै जाने बताए । 

मंगलबारको बैठकमा हिजो बोल्न बाँकी स्थायी समिति सदस्यहरूले धारणा राखेको बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप