सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता

मङ्गलबार, १७ माघ २०७९, १७ : २६
मङ्गलबार, १७ माघ २०७९

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सबीच एकापसमा गाभ्ने तथा गाभिने (मर्जर) सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रम आयोजना गरी मर्जर सम्झौता भएको हो । 
सम्झौतापत्रमा लुम्बिनीको तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथाका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरे ।  उक्त कार्यक्रममा दुबै कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायतका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमती भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप