सन् २०२३ मा विश्वको अर्थतन्त्र २.९ प्रतिशतले सुधारिने प्रक्षेपण
काठमाडौँ । अन्तर्राष्ट्रिय मनिटरी फण्ड (आईएमएफ)ले सन् २०२३ मा विश्वको अर्थतन्त्र २.९ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । आईएमएफले पछिल्लो प्रतिवेदन सार्वजनिक गर्दै यसअघि गरेको प्रक्षेपणको तुलनामा ०.२ प्रतिशतले विश्व अर्थतन्त्र सुधारिने आङ्कलन गरेको हो । यसअघि, आईएमएफले सन् २०२३ को अर्थतन्त्र २.७ प्रतिशतले सुधारिने प्रक्षेपण गरेको थियो ।
जबकि, रुस युक्रेन युद्धका बाबजुद विश्व बजारमा इन्धनको मूल्य सस्तिँदा विश्वभर आर्थिक गतिविधि बढ्दा अर्थतन्त्र सुधारिने प्रक्षेपण आईएमएफको छ । यस्तै, यसअघि आईएमएफले सन् २०२२ विश्वको अर्थतन्त्र ३.२ प्रतिशतले सुधारिने प्रक्षेपण गरेकोमा ३.४ प्रतिशतले सुधारिएको छ । यस्तै, सन् २०२४ मा विश्व अर्थतन्त्र ३.१ प्रतिशतले बढ्ने प्रक्षेपण समेत आईएमएफको छ ।
बेलायतको अर्थतन्त्रमा ऋणात्मक वृद्धि
आईएमएफले सन् २०२३ मा विश्व अर्थतन्त्र २.९ प्रतिशतले सुधारिने भएपनि बेलायतको अर्थतन्त्रमा संकुचन आउने प्रक्षेपण गरेको छ । आईएमएफका अनुसार यो वर्ष बेलायतको अर्थतन्त्र ०.६ प्रतिशतले ऋणात्मक हुनेछ । यो विकसित तथा सबल अर्थतन्त्र भएका मुलुकहरुमध्ये सबैभन्दा ठुलो संकुचन हो ।
यस्तै, अमेरिकाको अर्थतन्त्र १.४ प्रतिशतले बढ्ने छ भने युरो क्षेत्रको अर्थतन्त्र ०.७ प्रतिशत, फ्रान्सको ०.७, जर्मनीको ०.१, इटालीको ०.६, स्पेनको १.१ र जापानको अर्थतन्त्र १.८ प्रतिशतले बढ्ने छ । यसैगरी, छिमेकी चीन र भारतको अर्थतन्त्र क्रमशः ५.२ र ६.१ प्रतिशतले बढ्नेछ ।
युक्रेनमा सैन्य हमला गरिरहेको रुसको अर्थतन्त्र समेत यो वर्ष सुधारिने छ । रुसको अर्थतन्त्र सन् २०२३ मा ०.३ प्रतिशतले सुधारिने छ । गत वर्ष २०२२ मा रुसको अर्थतन्त्र २.२ प्रतिशतले ऋणात्मक थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण