लेखा प्रणालीलाई विश्वका उत्कृष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कृष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताएका छन् । मंगलवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको २६ औं वार्षिकोत्सव कार्यक्रम बोल्दै मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कृष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताए ।
उनले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वसनीयता बढाउन पनि जरुरी रहेको बताए । मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वसनीयता बढाउन चार्टर्ड एकाउण्टेन्ट्सहरुको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले चार्टर्ड एकाउण्टेन्ट्सहरु निजी,सार्वजनिक र सरकारी विभिन्न निकायहरुसँग काम गर्ने भएकाले एकाउण्टेन्ट्सहरुले गर्ने निर्णयले मुलुकको लेखा प्रणाली र लेखा प्रणालीको पारदर्शी र विश्वसनीयताका विषयमा उजागर गराउने बताए ।
उनले हिसाबकिताब पारदर्शिता नभएर दुनियाँमा कसैले नमान्ने भएको भन्दै काम राम्रो गर्ने हिसाबकिताब पनि पारदर्शिता राख्ने सरकारको अपेक्षा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण