तत्काल कुनै पार्टीसँग एकता हुँदैनः खतिवडा
बुटवल । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एंवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग तत्काल एकता नहुने बताएका छन् ।
नेकपा एकीकृत समाजवादी रुपन्देहीले बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव खतिवडाले वैचारिक कम्युनिस्ट पार्टी निर्माणका लागि वाम ध्रुवीकरणका लागि छलफल मात्रै गरिएको बताए । उनले त्यो वैचारिक कम्युनिस्ट पार्टीको नेतृत्व नेकपा एकीकृत समाजवादीले मात्रै गर्ने बताए । उनले वाम शक्ति निर्माणका लागि वार्ता र छलफल भइरहेको बताउँदै पार्टी एकता हुने अवस्था नरहेको स्पष्ट पारे ।
वामपन्थी नेता घनश्याम भुसालको आगमन नयाँ र वैचारिक कम्युनिस्ट पार्टी बनाउने अभियानकै निरन्तरता भएको उनको भनाइ छ । उपमहासचिव खतिवडाले नेता घनश्याम भुसाल स्वघोषणा गरेर हालै नेकपा एकीकृत समाजवादीमा आएको र अहिले वामदेव गौतम र भीम रावललाई पनि पार्टीमा ल्याउन प्रयास भइरहेको बताए । उनले आगामी साढे ४ वर्षपछि हुने स्थानीय तहको निर्वाचनमा समाजवादी पार्टीले एक्लै निर्वाचन लड्ने हैसियत बनाउने बताउँदै कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण