एसीसी प्रिमियर कप नेपालले आयोजना गर्ने
बुधबार, १८ माघ २०७९, १० : २१
पोखरा । नेपाल क्रिकेट सङ्घ (क्यान)को बोर्ड बैठकले एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको छ ।
पोखरामा बसेको क्यानको बोर्ड बैठकले एसियन क्रिकेट काउन्सिल (एसीसी) ले प्रतियोगिता आयोजना गर्न नेपाललाई गरेको प्रस्ताव पारित गरेको हो ।
क्यानले प्रतियोगिता अप्रिलमा आयोजना गर्ने निर्णय गरेको छ । पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो ।
प्रिमियर कपमा पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरू सम्मिलित एसिया कप खेल्न पाउँदा शीर्ष ३ मा रहने टोली भने इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछ ।
प्रिमियर कपमा आयोजक नेपाल सहित युएई, कुवेत, कतार, ओमान, हङकङ, सिंगापुर, मलेसिया र छनोटबाट आउने दुई टोलीको सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण