शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एसीसी प्रिमियर कप नेपालले आयोजना गर्ने

बुधबार, १८ माघ २०७९, १० : २१
बुधबार, १८ माघ २०७९

पोखरा । नेपाल क्रिकेट सङ्घ (क्यान)को बोर्ड बैठकले एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको छ ।

पोखरामा बसेको क्यानको बोर्ड बैठकले एसियन क्रिकेट काउन्सिल (एसीसी) ले प्रतियोगिता आयोजना गर्न नेपाललाई गरेको प्रस्ताव पारित गरेको हो ।

क्यानले प्रतियोगिता अप्रिलमा आयोजना गर्ने निर्णय गरेको छ । पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो ।

प्रिमियर कपमा पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरू सम्मिलित एसिया कप खेल्न पाउँदा शीर्ष ३ मा रहने टोली भने इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछ ।

प्रिमियर कपमा आयोजक नेपाल सहित युएई, कुवेत, कतार, ओमान, हङकङ, सिंगापुर, मलेसिया र छनोटबाट आउने दुई टोलीको सहभागिता रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप