प्रतिनिधिसभामा सांसदले भने– ‘प्रेमप्रसाद आचार्यको जस्तो नियति कुनै नेपालीको नहोस्’
काठमाडौँ । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले आत्महत्या र आत्मदाहको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद अम्बिका बस्नेतले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको जस्तो कुनै नेपालीको नियति नहोस् भन्दै कामना गरिन् । उनले काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा मङ्गलवार राती भएको भीषण आगलागीमा करोडौँ क्षति भएको र दमकल समयमा नपुगेको गुनासो गरिन् ।
यस्तै स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले देशको विभिन्न नागरिकहरूले आत्मदाह र आत्महत्या गरिरहेको बताउँदै उनीहरुले के कारणले आत्मदाह र आत्महत्या गरिरहेका छन् भन्दै प्रश्न गरे । उनले नागरिकका समस्या के–के छन् ध्यान दिन आग्रह गर्दै आत्मदाह र आत्महत्याको घटनाको बारेमा उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउन माग गरे ।
यस्तै सांसद अच्युतप्रसाद मैनालीले बैठकको शून्य समयमा बोल्दै पूर्व पश्चिम लोकमार्गको तामागढीमा ३ वर्षदेखि पुल निर्माणको काम भएपनि त्यसको भौतिक अवस्थाले गिज्याइरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण