बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री जेविकाले गरिन् इन्गेजमेन्ट

बुधबार, १८ माघ २०७९, १५ : ५०
बुधबार, १८ माघ २०७९

काठमाडौं । अभिनेत्री तथा मोडल जेविका कार्कीले फिल्मका निर्माण नियन्त्रक मनोज जोशीसँग इन्गेजमेन्ट गरेकी छन् । उनले बुधबार पेप्सीकोलास्थित  आफ्नै घरमा  आफन्त र नजिकका साथीभाइको उपस्थितिमा इन्गेजमेन्ट गरेकी हुन् ।

४ वर्षदेखिको प्रेम सम्बन्ध उनीहरूले विवाहमा परिणत गर्न  लागेका हुन् । आगामी फागुन ४ गते विवाह र ७ गते रिसेप्सन पार्टीको आयोजना गरिएको बताइको छ ।

जेविकाले फिल्म हिजोआजका कुरा, जयश्री दाम, कारखाना, पर्व र जन्मभूमिजस्ता फिल्ममा पनि अभिनय गरेकी छन् । फिल्मसँगै उनी म्युजिक भिडियोको पनि चलेकी मोडल हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप