कुष्ठरोग लाग्दा देखिन्छन् यस्ता लक्षणहरु
काठमाडौँ– कुष्ठरोग मानिसबाट मानिसमा सर्छ । कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्षम किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोगीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यत श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्ने गर्छ । शुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई सर्दैन । समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्ण रुपमा निको हुन्छ र अपांगता नहुने चिकित्सकहरु बताउँछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत्त राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार कुष्ठरोगको चिन्ह तथा लक्षण निम्नाअनुसार हुन्छन् :
–शरीरमा छुँदा थाहा नपाउने रातो वा फुस्रो रङ्गको दाग देखिनु
–अनुहार वा शरीरको अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खाहरु देखापर्नु
–अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो हुनु
–नशा सुन्निनु, दुख्नु तथा झमझम गर्नु
–आँखा चिम्लिँदा पुरै बन्द नहुनु
–आँखीभौं झुर्न वा पातलो हुनु
–हत्केलाको मांसपेशी सुकेर जानु
–हातगोडाका औलाहरु बाङ्गो हुनु र कमजोर हुँदै जानु
–हातगोडा पोल्नु, निदाएकोजस्तो हुनु वा झमझम गरिरहनु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण