राष्ट्रिय सूचना आयोगद्वारा ९९.४ प्रतिशत पुनरावेदन फछ्र्यौट
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले बुधबार आफ्नो वार्षिक प्रतिवेदन प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डसमक्ष पेश गरेको छ। आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ्गले प्रतिवेदन पेश गरेका हुन् । उक्त प्रतिवेदन बुुझ्दै प्रधानमन्त्रीले आफ्नो दोस्रो कार्यकालका क्रममा सूचनाको हकका लागि योगदान गरेको स्मरण गर्दै नागरिकले राज्यका काममा निगरानी राख्न र राज्यलाई पारदर्शी बनाउनका लागि सूचनाको हक महत्वपूर्ण रहेको बताए ।
नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने र पाउने हकसम्बन्धी प्रावधान राखिएको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा सूचना माग गर्ने र प्राप्त गर्ने नागरिकको अधिकारसहित एक स्वतन्त्र निकायका रुपमा राष्ट्रिय सूचना आयोगको व्यवस्था गरिएको छ । जसअनुसार आयोगले आर्थिक वर्ष २०७८÷७९ मा आयोगमा दर्ता भएका १०८३ पुनरावेदनमध्ये १०७७ पुनरावेदन अर्थात् ९९.४ प्रतिशत पुनरावेदन फछ्र्यौट गरेको छ । आयोगमा परेका १०८३ वटा पुनरावेदनलाई दश वर्गमा वर्गीकरण गरी विश्लेषण गर्दा स्थानीय तहसँग सम्बन्धित उजुरीहरू ७८.५ प्रतिशत रहेको देखिएको आयोगले जनाएको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित १०.३ प्रतिशत, कानून तथा न्याय प्रशासनसँग १.०१ प्रतिशत, सूचना तथा सञ्चारसँग ०.२ प्रतिशत, शिक्षा, स्वास्थ्य तथा खेलकुदसँग सम्बन्धित ३.८७ प्रतिशत, खानेपानी, विद्युत, निर्माण तथा यातायातसँग सम्बन्धित ०.६४ प्रतिशत, संस्थान तथा प्राधिकरणसँग सम्बन्धित १.६६ प्रतिशत, जग्गा, मालपोत, भूमि, वन तथा कृषिसँग सम्बन्धित ०.८३ प्रतिशत, प्रशासनसँग सम्बन्धित ०.४६ प्रतिशत, अन्य(गैरसरकारी संस्था तथा अन्य संस्था) सँग सम्बन्धित उजुरीहरू २.३० प्रतिशत रहेको छ । यसैगरी आर्थिक वर्षको अवधिमा सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न निकायका नाममा ८ वटा आदेशभएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण