प्रतिपक्ष दलको नेता विवाद : सर्वोच्चद्वारा मुद्दा दरपीठ
बुधबार, १८ माघ २०७९, २२ : १४

काठमाडौं । सर्वोच्च अदालतले प्रतिपक्ष दलको नेताको भूमिकाबारेमा परेको रिट निवेदनलाई दरपीठ गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले बुधबार दरपीठ गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको दिनबाट कांग्रेसले विपक्षी दलको हैसियत गुमाइसकेको दाबी गर्दै अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
अधिवक्ता पोखरेलले कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताका रूपमा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुनमा रोक लगाउन र सभामुखबाट विपक्षी दलको नेता तोक्न परमादेश दिनुपर्ने माग गर्दै रिट निवेदन दिएका थिए ।
तर सर्वोच्च अदालतले उनको रिट दरपीठ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ
-
पाकिस्तानमा हिन्दु डाक्टरको गोली हानेर हत्या
-
भारतमा फेरि बढे कोरोनाका बिरामी, सचेत रहन डब्ल्युएचओको आग्रह
-
सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु
-
नुवाकोटमा टाटासुमो दुर्घटना, २ जनाको निधन, ११ जना घाइते
-
मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यान्वयन गर्न आयोगको माग