'१५ दिनको समय सीमामै संसद् नियमावली निर्माण गर्छौं'
बुधबार, १८ माघ २०७९, १८ : ३३
काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले संसद् नियमावली निर्माण कार्यलाई तीव्रता दिएको छ ।
बुधवार संसद् भवनमा बसेको समितिको बैठकले आफूलाई नियमावली निर्माणका लागि दिइएको १५ दिनको समय भित्र नै नियमावली निर्माण सक्नेगरी छलफल अघि बढाएको बताएको हो ।
बैठकपछि बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नियमावलीमा प्रस्तावनादेखि विभिन्न नियमहरुमा छलफलहरु अघि बढाइरहेको बताए ।
उनले नियमावलीमा प्रत्येक पटक संसद् अधिवेशन सुरु भइसकेपछि नियमावली परिमार्जन गर्ने विगतदेखिकै अभ्यास रहेको र सोही अनुसार नियमावली निर्माण गर्न १५ दिनको समयमै सक्नेगरी नियमावली निर्माण प्रक्रिया अघि बढाइएको बताए ।
प्रतिनिधि सभाले नियमावली मस्यौदा समितिमा २१ जना सदस्य तोकेको छ । गत माघ १३ गते समितिको पहिलो बैठक बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण