बागमती प्रदेशसभा बैठक २२ गते बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आगामी माघ २२ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडाले बुधबार एक सूचना जारी गर्दै माघ २२ गतेका लागि प्रदेशसभा बैठक आह्वान गरेको हो ।
गत माघ ३ गते मुख्यमन्त्री सालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक २२ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको हो । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको सातौं बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
सचिव खड्काका अनुसार प्रदेशसभा बैठक बस्नु पूर्व सोही दिनको बिहान ११ बजे सर्वदलीय बैठकको बोलाइएको छ । उक्त बैठकले प्रदेशसभा बैठकको कार्यसूची कार्यसूची तयारी गर्ने उनले बताए ।
प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१, नेकपा समाजवादी पार्टीका ७, राप्रपाका १३, नेमकिपाका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना सांसद रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण