डेढ वर्षमा भद्रपुर–सलकपुर सडकको वित्तीय प्रगति छ प्रतिशत मात्र
झापा । झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडकको कालोपत्र गर्ने कार्य डेढ वर्षको अवधिमा तीन किलोमिटर मात्र भएको छ ।
कनकाई मोती जेभी काठमाडौँले विसं २०७८ भदौ २३ गते दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको सडकको कालोपत्र गर्ने कार्य हालसम्म तीन दशमलव छ सय किलोमिटर भएको हो । पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार साहले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २६ करोड ६९ लाख ३३ हजार आठ सय २८ भ्याटसहितको बजेटमा भद्रपुर–फडानी पुल–इँटाभट्टा–सलकपुर सडक ठेक्का लागेको जानकारी दिए ।
उनले सडकको हालसम्मको वित्तीय प्रगति भने छ प्रतिशतमात्र भएको बताए । निन्दा पुलदेखि इँटाभट्टासम्म १० दशमलव तीन सय ६० किलोमिटर, इँटाभट्टा दोकानडाँडादेखि निन्दा सिरानसम्म १० दशमलव चार सय ३० किलोमिटर कालोपत्र गर्ने योजनासहित सडकको ठेक्का लागेको उनको भनाइ छ ।
कालोपत्र भइरहेको सडकको जम्मा चौडाइ पाँच दशमलव पाँच मिटर, मान्छे हिँड्ने बाटोको चौडाइ ० दशमलव ७५ मिटर दुवैतर्फ गरी सडक जम्मा चौडाइ १० मिटरको रहेको उनले बताए । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले तोकिएको समयमा निर्माण सम्पन्न गर्न सबै तह र तप्काबाट ठेकेदारलाई खबरदारी गर्नुपर्ने बताए । उनले सो सडक निर्माणसँगै इलामको रोङ गाउँपालिकाका पर्यटकीयस्थल झण्डीडाँडा, कन्याम, सलकपुरलगायतका क्षेत्रमा पुग्न सजिलो हुने र दूरीसमेत छोटो हुने बताए ।
उनले सो सडकको माध्यमबाट इलामका विभिन्न क्षेत्रका जनताले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणमा सहज हुने, स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत पछि परेका ग्रामीण क्षेत्रका अधिकांश बासिन्दाको सहज पहुँच पुग्ने धारणा व्यक्त गरे ।
जिल्लामा आधा दर्जन बढी सडक प्रदेश सरकारको लगानीमा कालोपत्र गर्ने कार्य भइरहे तापनि विभिन्न कारण देखाएर ठेक्का लिएका कम्पनीले निर्माणमा ढिलासुस्ती गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण