शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

'मेयर फेलोसिप प्रोग्राम' सञ्चालन गर्न काठमाडौँ महानगरले माग्यो कर्मचारी

बिहीबार, १९ माघ २०७९, ०९ : ३७
बिहीबार, १९ माघ २०७९

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले शहरी योजना आयोगको समन्वयमा  महानगर रिसर्च फेलोसिप २०७९ नामक अनुसन्धान शोधवृत्ति कार्यक्रमको तेस्रो संस्करणका रूपमा मेयर फेलोसिप प्रोग्राम सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाको सर्वाङ्गीण विकासका विविध आयामसँग सम्बन्धित नीतिगत अनुसन्धानमार्फत महानगरपालिकालाई तथ्यमा आधारित नीति निर्माण  गर्न एवं कार्यमूलक अनुसन्धानमार्फत शहरी विकाससँग सम्बन्धित आयोजनाहरूको पहिचान गर्न सघाउ पुर्‍याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको महानगरले जनाएको छ । 

यस कार्यक्रममा भाग लिन तोकिएको योग्यता पुगेका इच्छुक नेपाली अनुसन्धानकर्तालाई  सूचना प्रकाशित भएको मितिले ३५  दिनभित्र रीतपूर्वक अनुसन्धान प्रस्ताव पेस गर्न महानगर अन्तर्गतको शहरी योजना आयोगले आह्वान गरेको छ । 

mahanagar

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप