आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा करिब साढे ६ हजार उद्योग थपिए

बिहीबार, १९ माघ २०७९, १३ : ०७
बिहीबार, १९ माघ २०७९

पर्सा ।  पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा ६ हजार चार सय ८२ नयाँ उद्योग थपिएका छन् ।  आर्थिक वर्ष २०७४–७५ देखि हालसम्म सेवामूलक उद्योगतर्फ तीन हजार पाँच सय २७, कृषि तथा वन्यजन्यतर्फ एक हजार सात सय ३४, उत्पादन उद्योगतर्फ एक हजार एक सय २४ र पर्यटनतर्फ ४५ वटा उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्ज पर्साका प्रमुख धनजयकुमार सिंहले जानकारी दिए ।

यस्तै चालु आवको पुस मसान्तसम्म सेवामूलकतर्फ दुई सय ६०, कृषि तथा वन्यजन्यतर्फ एक हजार एक सय ३०, उत्पादनमूलकतर्फ ८२ वटा, निर्माणतर्फका ५२ र पर्यटनतर्फ ३५ वटा उद्योग दत्र्ता भएका छन् ।  यस अवधिमा पाँच हजार २३ उद्योग नवीरकण र छ सय २० वटा उद्योगको लगतकट्टा लगायतका शीर्षकबाट रू छ करोड ९७ लाख १० हजार ८० राजस्व सङ्कलन भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप