सांसदहरु काठमाडौँमुखी हुने हो भने गाउँ पस्दा जनताले राँको लिएर लखेट्छन् : उपसभामुख
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताएकी छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधिसभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपसभामुखलाई उप÷चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको बताइन् ।
आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट पनि सो कुरा जानकारी पाएको बताइन् । उनले उपसभामुख अब चुप नभइ (उपर) अर्थात् झनै माथि जाने भएको बताइन् । उनले संसदमा महिला सांसदहरुले जनताका समस्यलाई गुञ्जायमान गर्नुपर्ने बताइन् । उनले सांसदहरु काठमाडौं केन्द्रित हुनु नहुने भन्दै काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेठ्ने बताइन् ।
उनले भनिन्, ‘मैले केही गाउँहरु भिजिट गरेँ उपसभामुख भइसकेपछि उहाँहरुका लागि आवश्यक सामग्रीहरुको उपलब्धता छैन, यस्ता विषयहरु सदनमा गुन्जियोस्, सांसदहरुले यी कुराहरुमा ध्यान दिनुहुनेछ । उपसभामुखलाई उप, चुप भन्ने कुरा छ । मैले यसमा उप अब उपर जाने हो भनेर आएकी छु । महिला सांसदहरु हुनुहुन्छ, उहाँहरुले विभिन्न
समस्या भोग्नुभएको छ, सांसदहरुले स्थलगत अवलोकन गरेर आवश्यक जनताका इस्यु उठाउनुहुनेछ । हामी काठमाडौं केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा जनताले राँको बालेर खेदाउँछन् ।’ उपसभामुख रानाले सांसदहरुले स्थलगत अवलोकन गरी त्यहाँका समस्याहरु संसदमा उठाउनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण