जब अनुराग कश्यपलाई श्रीमतीले लात हानेर घरबाट निकालिदिइन्, भने – रक्सीले बर्बाद गर्याे

अनुराग कश्यप आफ्नो नयाँ फिल्म प्यार विद डिजे मोहब्बतको प्रोमोसनमा व्यस्त छन् । अन्तरवार्ताका बेला निर्देशकले आफ्नो फिल्मबारे कुराकानी गरिरहेका छन् । साथै, उनले आफ्नो निजी जीवनबारे पनि कुराकानी गरेका छन् । यस्तै उनले आफ्नो रक्सीको लतले उनको घर ध्वस्त पारेको पनि बताएका छन् । अनुरागकी पूर्व श्रीमतीले उनलाई घर निकाला गरिदिएकी थिइन् ।
जँड्याहा बनेका थिए अनुराग
सन् २००९ मा फिल्म देव डीबाट अनुराग चर्चामा आएका थिए । आफ्नो खराब दिनबारे कुरा गर्दै अनुरागले फिल्म फ्लप हुने बित्तिकै आफू डिप्रेसनमा जाने गरेको बताए । यो अवस्थाबाट बाहिर निस्कनका लागि उनले आफूलाई कोठामा बन्द गरेका थिए । यसो गर्दा उनको अवस्था थप खराब भएको थियो ।
अनुरागले भने, ‘म यति धेरै पिउँथे कि दिन रात कोठामा बसेर अनावश्यक कुराहरू सोच्ने गर्दथे । चाहिनेभन्दा बढी सोचेका कारण म रक्सी पिउन थालेँ । त्यसले डिप्रेसनमा पुर्यायो । लगभग डेढ वर्षसम्म यही सिलसिला चलिरह्यो । मेरी पूर्व श्रीमती मसँग वाक्क भइसकेकी थिइन् । आरती (अनुरागकी पूर्व–श्रीमती) ले मलाई लात हानेर घरबाट बाहिर निकालिदिएकी थिइन् । मेरी छोरी आलिया त्यति बेला चार वर्षकी मात्रै थिइन् । त्यो निकै खराब समय थियो । म धेरैजसो चिन्तामा नै हुन्थेँ ।’
उद्योगमाथि रिस पोखे
अनुरागले भने, ‘पाँच वटा फिल्म फ्लप भएका थिए । ब्ल्याक फ्राइडेमा लफडा भएको थियो । तेरे नाम र कांटे फिल्मबाट मलाई निकालिएको थियो । त्यसपछि म पिउन थालेको थिएँ र यी सबैसँग जुधिरहेका थिए । मलाई लगातार हरेक त्यो प्रोजेक्टबाट निकालिँदै थियो जुन मैले लेखेको थिएँ । त्यो यति खराब समय थियो कि म रिसमा मात्रै हुन्थेँ । र मेरो सबै रिस उद्योग र यो देशको प्रणालीसँग थियो ।’
अनुरागको अन्तिम फिल्म दोबारा थियो जसमा तापसी पन्नु मुख्य भूमिकामा थिइन् । फिल्मलाई ओटीटीमा रिलिज गरिएको थियो । यस्तै अब अलमोस्ट प्यार विद डिजे मोहब्बत ३ फेब्रुअरीमा रिलिजका लागि तयार छ । यसमा अललाइया एफका साथै करण मेहता मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन राशिका लागि शुभ ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
तीनवटा मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
आत्मनिर्भर बन्दै मुक्त कमैया महिला
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु