नेविसंघ रुपन्देहीमा समानान्तर कमिटी गठन
बिहीबार, १९ माघ २०७९, १६ : ३७
बुटवल । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रुपन्देहीको समानान्तर कमिटी गठन भएको छ । नेविसंघ रुपन्देहीको सभापतिमा सन्दिप पाण्डेलाई नियुक्त गरेपछि बिहीबार जिल्लामा समानान्तर कमिटी गठन गरिएको हो ।
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाण्डेलाई जिल्ला सभापतिको जिम्मेवारी दिएपछि संस्थापन इतर समूहले समसेर खड्काको नेतृत्वमा ३० सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
समितिको सदस्यमा मनिस फाल, विष्णु खनाल, कृष्ण खनाल,कमल पराजुली, दिपक अर्याल, सागर अधिकारी, ऋषि पन्थी, सिमन कण्डेल, रोहित रेग्मी, रामापति यादव, सन्दीप यादव,अनिल परियार,सम्झना पङेनी, प्रेमराज परियार,सागर घिमिरे,सुमन गुरुङ,सौरभ श्रेष्ठ,राजन थापा,विधान खाती,नीरज श्रेष्ठलगायत हेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्