बुटवल नगरवासीले निःशुल्क रगत पाउने
बिहीबार, १९ माघ २०७९, १७ : ४९
बुटवल । बुटवल उपमहानगरपालिकाका भित्रका स्थानीयले रगत निःशुल्करुपमा पाउने भएका छन् । उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग बिहीबार सम्झौता गरी नगरवासीलाई निःशुल्क रगतको व्यवस्था गरेको हो ।
नगरप्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासले उक्त सम्झौतामा हस्ताक्षर गर्दै बुटवल नगरवासीलाई रगत निःशुल्क उपलब्ध गराउने बताए ।
सम्झौतामा रगत उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरू सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने समझदारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बताए । अब बुटवल नगरवासीले रुपन्देहीका कुनैपनि अस्पतालमा रगत निःशुल्क पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण