सांसद अरुण चौधरीलाई काठमाडौं ल्याएर प्रहरीले पठायो धनगढी

काठमाडौं । बाँकेमा पक्राउ परेका सांसद अरुण चौधरीलाई काठमाडौं ल्याएर धनगढी पठाइएको छ । श्री एयरको विमान मार्फत उनलाई कैलालीको धनगढी पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
नेपालगन्जबाट साँझ ५ बजेर ५० मिनेटमा श्री एयरको उडानमार्फत उनलाई काठमाडौं पठाइएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कैलाली जाँदै गर्दा प्रहरीले कोहलपुरबाट पक्राउ गरेको थियो । १३ वर्ष पुरानो आगजनीको घटनामा उनलाई जिल्ला अदालत कैलालीले ६ महिना कैद फैसला सुनाएको छ । कैलाली–२ बाट निर्वाचित चौधरीले फैसला भुक्तान नगरेको भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।
कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गरेको ट्याक्टर चौधरीसहितको समूहले २०६६ भदौ ३ मा आगजनी गरेको कसुरमा अदालतले उनलाई दोषी ठहर गरेको थियो । ट्याक्टरधनीले पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध जाहेरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपरेसन सिन्दूर : पाकिस्तानमा कम्तीमा २६ जनाको मृत्यु, मारिनेमा मसूद अजहरका आफन्त
-
अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्सस्टेपको ब्रान्च सामाखुसीमा
-
मोक्षदाले जेम्स स्कुललाई सजिलै हरायो
-
बढ्याे नेप्से परिसूचक
-
मल नदिएर सरकारले किसानमाथि अन्याय गर्यो : साह
-
स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति