सांसद अरुण चौधरीलाई काठमाडौं ल्याएर प्रहरीले पठायो धनगढी
काठमाडौं । बाँकेमा पक्राउ परेका सांसद अरुण चौधरीलाई काठमाडौं ल्याएर धनगढी पठाइएको छ । श्री एयरको विमान मार्फत उनलाई कैलालीको धनगढी पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
नेपालगन्जबाट साँझ ५ बजेर ५० मिनेटमा श्री एयरको उडानमार्फत उनलाई काठमाडौं पठाइएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कैलाली जाँदै गर्दा प्रहरीले कोहलपुरबाट पक्राउ गरेको थियो । १३ वर्ष पुरानो आगजनीको घटनामा उनलाई जिल्ला अदालत कैलालीले ६ महिना कैद फैसला सुनाएको छ । कैलाली–२ बाट निर्वाचित चौधरीले फैसला भुक्तान नगरेको भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।
कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गरेको ट्याक्टर चौधरीसहितको समूहले २०६६ भदौ ३ मा आगजनी गरेको कसुरमा अदालतले उनलाई दोषी ठहर गरेको थियो । ट्याक्टरधनीले पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध जाहेरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण