सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर लगानीकर्तालेगभर्नरलाई भेटेर भने–सेयर कर्जामा १२ करोडका सीमा फिर्ता लिनुहोस्

बिहीबार, १९ माघ २०७९, २१ : ००
बिहीबार, १९ माघ २०७९

काठमाडौं । सेयर लगानीकर्ताहरुको संस्थाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर सेयर कर्जामा १२ करोडको सीमा फिर्ता लिन अनुरोध गरेका छन् । सेयर बजारका तीन वटा लगानीकर्ता संस्था मिलेर गभर्नर महाप्रसाद अधिकारीलाई सेयर कर्जाको सीमा हटाउन आग्रह गरेका हुन् ।

नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघलेगभर्नरलाई सेयर बजार सुधार गर्नलाई ४ बुँदे सुझाव दिँदै कर्जाको सीमा हटाउन भनेका हुन् । लगानीकर्ताहरूले पूँजीबजार देशको अर्थतन्त्रको ऐना भएपनि राज्यले उचित संरक्षण नगर्दा १५ खर्ब रुपैयाँ गुमाउन परेको बताएका छन् ।

सेयर बजारको पुँजीकरण ४५ खर्बबाट घटेर यतिबेला ३० खर्बमा आइपुगेको छ । कोरोना कालमा बजा अस्वभाविकरुपमा बढ्दा पुँजीकरण ४५ खर्बसम्म पुगेको थियो । राज्यले पूँजीबजार मैत्री नीति नल्याउँदा लगानीकर्ताले १५ खर्ब रुपैयाँ गुमाएको लगानीकर्ता संघहरुको भनाइ छ ।

यस्तै, लगानीकर्ताहरूले सेयर कर्जामा लगाइएको १५० प्रतिशत जोखिम १०० प्रतिशत नै कायम गर्न समेत सुझाव दिएका छन् । यसका साथै, ब्याजदर वृद्धि हुँदा लगानीको अभाव भएकाले ब्याजदर पुनरावलोकन गर्न तथा तत्काल तरलताको समस्या समाधान गर्न समेत लगानीकर्ताहरूले सुझाव दिएका छन् ।

लगानीकर्ताहरूले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा यी विषय समेट्न गभर्नर अधिकारीलाई अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप