सेयर लगानीकर्तालेगभर्नरलाई भेटेर भने–सेयर कर्जामा १२ करोडका सीमा फिर्ता लिनुहोस्
काठमाडौं । सेयर लगानीकर्ताहरुको संस्थाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर सेयर कर्जामा १२ करोडको सीमा फिर्ता लिन अनुरोध गरेका छन् । सेयर बजारका तीन वटा लगानीकर्ता संस्था मिलेर गभर्नर महाप्रसाद अधिकारीलाई सेयर कर्जाको सीमा हटाउन आग्रह गरेका हुन् ।
नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघलेगभर्नरलाई सेयर बजार सुधार गर्नलाई ४ बुँदे सुझाव दिँदै कर्जाको सीमा हटाउन भनेका हुन् । लगानीकर्ताहरूले पूँजीबजार देशको अर्थतन्त्रको ऐना भएपनि राज्यले उचित संरक्षण नगर्दा १५ खर्ब रुपैयाँ गुमाउन परेको बताएका छन् ।
सेयर बजारको पुँजीकरण ४५ खर्बबाट घटेर यतिबेला ३० खर्बमा आइपुगेको छ । कोरोना कालमा बजा अस्वभाविकरुपमा बढ्दा पुँजीकरण ४५ खर्बसम्म पुगेको थियो । राज्यले पूँजीबजार मैत्री नीति नल्याउँदा लगानीकर्ताले १५ खर्ब रुपैयाँ गुमाएको लगानीकर्ता संघहरुको भनाइ छ ।
यस्तै, लगानीकर्ताहरूले सेयर कर्जामा लगाइएको १५० प्रतिशत जोखिम १०० प्रतिशत नै कायम गर्न समेत सुझाव दिएका छन् । यसका साथै, ब्याजदर वृद्धि हुँदा लगानीको अभाव भएकाले ब्याजदर पुनरावलोकन गर्न तथा तत्काल तरलताको समस्या समाधान गर्न समेत लगानीकर्ताहरूले सुझाव दिएका छन् ।
लगानीकर्ताहरूले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा यी विषय समेट्न गभर्नर अधिकारीलाई अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण