ठेकेदारले समयमा काम नगर्दा स्थानीयलाई सास्ती

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाका विभिन्न ठेक्का योजनाले गति लिन नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ । योजनाको निर्माण कार्यमा ढिला सुस्ती हुँदा आम नागरिकले सास्ती खेप्नु परेको स्थानीयले गुनासो गरेका छन् ।
वडा स्तरमा विभिन्न सडक कालोपत्रेको ठेक्का पाएको बिल्डर्सले इ विडिङ्ग कम्पनीले समयमा काम नगर्दा स्थानीयले आक्रोश व्यक्त गरेका छन् । उक्त कम्पनीले थालेका अधिकांश योजना अधुरै रहेको पाइएको छ । पटक पटक म्याद थप गरे पनि कम्पनीले काम नगरी सम्पर्कमा नहुने नगर प्रमुख चक्रपाणि अर्यालको भनाई छ । बिल्डर्सले गत आर्थिक वर्षमा सम्झौता गरेको वडा नम्बर ८ को बन्डौली– गन्सहवा–चप्परगाउँ सडक कालोपत्रे गर्ने काम ठप्प रहेको स्थानीय बताउँछन् ।
नगरपालिकाले निर्माण कार्य सम्पन्न गर्नका लागि २०७९ असोज मसान्तसम्म म्याद थप गरेको थियो । तर सडकको अवस्था जस्ताको त्यस्तै रहेको स्थानीय पीताम्बर घिमिरे बताए । उनका अनुसार गिट्टी, बालुवा लगायतका निर्माण सामग्री सडक छेकिने गरी थुपारिएको छ । केही ठाउँमा दुबो माथि नै कालोपत्रे गरिएको उनको भनाइ छ ।
यस्तै वडा नम्बर ३ को ठाँटी र सिउटी–हथौसा जोड्ने सडक निर्माण समेत अलपत्र पारेर ठेकेदार सम्पर्क विहीन भएको वडा अध्यक्ष टेक बहादुर झेडी मगरले बताए । वडा नम्बर ६ मा सानो ५ ओटा खण्डमा कालोपत्रे पनि उक्त कम्पनीले ठेक्का पाएको छ तर सबै योजना अलपत्र पारेर छाडेको वडा अध्यक्ष करुण टन्डनले बताए ।
बिल्डर्सले वडा नम्बर ११ का सडक कालोपत्रेका लागि ३ वटा सडक खण्डको ठेक्का पाएको थियो । सव वेस र वेसको काम गरेपछि ठेकेदारले बाँकी काम थाती राखेर सम्पर्कविहीन भएका छन् ।
काम सम्पन्न होस् भनेर कार्यपालिकाबाट म्याद थप गराए पनि अलपत्र राखेर सम्पर्कमा नभएको वडा अध्यक्ष नरेन्द्रप्रसाद थारुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ उपाध्यक्ष पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता
-
१७ करोडको कोकिन : जलनको उपचार खर्च पाउने लोभमा अफ्रिका यात्रा
-
अब व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन ७५३ वटै पालिकाबाट
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
नेपाल–इटली उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल निर्वाचित
-
महलभन्दा कम छैन मुकेश अम्बानीको दुबईस्थित बङ्गला, मूल्य कति ?