ठेकेदारले समयमा काम नगर्दा स्थानीयलाई सास्ती
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाका विभिन्न ठेक्का योजनाले गति लिन नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ । योजनाको निर्माण कार्यमा ढिला सुस्ती हुँदा आम नागरिकले सास्ती खेप्नु परेको स्थानीयले गुनासो गरेका छन् ।
वडा स्तरमा विभिन्न सडक कालोपत्रेको ठेक्का पाएको बिल्डर्सले इ विडिङ्ग कम्पनीले समयमा काम नगर्दा स्थानीयले आक्रोश व्यक्त गरेका छन् । उक्त कम्पनीले थालेका अधिकांश योजना अधुरै रहेको पाइएको छ । पटक पटक म्याद थप गरे पनि कम्पनीले काम नगरी सम्पर्कमा नहुने नगर प्रमुख चक्रपाणि अर्यालको भनाई छ । बिल्डर्सले गत आर्थिक वर्षमा सम्झौता गरेको वडा नम्बर ८ को बन्डौली– गन्सहवा–चप्परगाउँ सडक कालोपत्रे गर्ने काम ठप्प रहेको स्थानीय बताउँछन् ।
नगरपालिकाले निर्माण कार्य सम्पन्न गर्नका लागि २०७९ असोज मसान्तसम्म म्याद थप गरेको थियो । तर सडकको अवस्था जस्ताको त्यस्तै रहेको स्थानीय पीताम्बर घिमिरे बताए । उनका अनुसार गिट्टी, बालुवा लगायतका निर्माण सामग्री सडक छेकिने गरी थुपारिएको छ । केही ठाउँमा दुबो माथि नै कालोपत्रे गरिएको उनको भनाइ छ ।
यस्तै वडा नम्बर ३ को ठाँटी र सिउटी–हथौसा जोड्ने सडक निर्माण समेत अलपत्र पारेर ठेकेदार सम्पर्क विहीन भएको वडा अध्यक्ष टेक बहादुर झेडी मगरले बताए । वडा नम्बर ६ मा सानो ५ ओटा खण्डमा कालोपत्रे पनि उक्त कम्पनीले ठेक्का पाएको छ तर सबै योजना अलपत्र पारेर छाडेको वडा अध्यक्ष करुण टन्डनले बताए ।
बिल्डर्सले वडा नम्बर ११ का सडक कालोपत्रेका लागि ३ वटा सडक खण्डको ठेक्का पाएको थियो । सव वेस र वेसको काम गरेपछि ठेकेदारले बाँकी काम थाती राखेर सम्पर्कविहीन भएका छन् ।
काम सम्पन्न होस् भनेर कार्यपालिकाबाट म्याद थप गराए पनि अलपत्र राखेर सम्पर्कमा नभएको वडा अध्यक्ष नरेन्द्रप्रसाद थारुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण