ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने
काठमाडौँ । ग्लोबल आइएमई बैङ्कले ५ वर्षे ऋणपत्र जारी गर्ने भएको छ । बैङ्कले आगामी माघ २९ गतेदेखि फागुन ३ गतेसम्म ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । उक्त ऋणपत्रमा अधिकतम ११.२५ प्रतिशत ब्याजदर प्रदान गरिने बैङ्कले जनाएको छ । उक्त प्रस्तावित ब्याजदर अहिले बैङ्कहरूले मुद्दतीमा दिइरहेको भन्दा धेरै ब्याजदर हो ।
यसअघि ऋणपत्र जारी गरेका बैङ्कहरूले ब्याज दर केही घटाएका थिए । तर बचतकर्तालाई आकर्षित गर्न ग्लोबल आइएमई बैङ्कले थप ब्याजदर अफर गरेको हो । माघ २९ जारी हुने १००० रुपैयाँ अंकित दरका ऋणपत्रमा इच्छुक लगानीकर्ताले कम्तीमा २५ र अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण नेपालीलाई बैङ्कले कुल १९ लाख ३० हजार कित्ता छुट्याएको छ । यसबाहेक बैङ्कले सामूहिक लगानी कोषलाई ७० हजार कित्ता बिक्री गरिसकेको छ । बैङ्कले ३ अर्ब रुपैयाँको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण