ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने
काठमाडौँ । ग्लोबल आइएमई बैङ्कले ५ वर्षे ऋणपत्र जारी गर्ने भएको छ । बैङ्कले आगामी माघ २९ गतेदेखि फागुन ३ गतेसम्म ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । उक्त ऋणपत्रमा अधिकतम ११.२५ प्रतिशत ब्याजदर प्रदान गरिने बैङ्कले जनाएको छ । उक्त प्रस्तावित ब्याजदर अहिले बैङ्कहरूले मुद्दतीमा दिइरहेको भन्दा धेरै ब्याजदर हो ।
यसअघि ऋणपत्र जारी गरेका बैङ्कहरूले ब्याज दर केही घटाएका थिए । तर बचतकर्तालाई आकर्षित गर्न ग्लोबल आइएमई बैङ्कले थप ब्याजदर अफर गरेको हो । माघ २९ जारी हुने १००० रुपैयाँ अंकित दरका ऋणपत्रमा इच्छुक लगानीकर्ताले कम्तीमा २५ र अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण नेपालीलाई बैङ्कले कुल १९ लाख ३० हजार कित्ता छुट्याएको छ । यसबाहेक बैङ्कले सामूहिक लगानी कोषलाई ७० हजार कित्ता बिक्री गरिसकेको छ । बैङ्कले ३ अर्ब रुपैयाँको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टुट्न लागेको हो बेन एफ्लेक र जेनिफर लोपेजको जोडी ?
-
नर्स विधि लम्साल ‘मिस नेपाल पिस–२०२४’ घोषित
-
फेरि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
-
बालविकास शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका चापागाईंलाई भेट्न पुगिन् शिक्षामन्त्री
-
ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने
-
रवि लामिछानेलाई संसद्मा बोल्न दिने विपक्षी दलको निर्णय