सुगाले डाक्टरलाई घाइते बनाइदियो : मालिकलाई १ करोडभन्दा बढी जरिवाना र जेल सजाय
एउटा ठुलो प्रजातिको सुगाले एक जना डाक्टरलाई घाइते बनाइदिएपछि उसको मालिकलाई जरिवाना र जेल सजाय तोकिएको छ । ताइवानका एक व्यक्तिलाई दुई महिनाको जेल सजाय र ९१,३५० डलर (१ करोड २१ लाख रुपैयाँभन्दा बढी) जरिवाना तोकिएको हो । उक्त सुगाका कारण बाटोमा जगिङ गरिरहेका एक व्यक्ति लडेको र लडेपछि उनी नराम्रोसँग घाइते भएको बताइएको छ ।
अडिटी सेन्ट्रलका अनुसार यो अचम्मको घटना ताइवानको ताइनानमा घटित भएको हो । हुवाङ थर भएका एक व्यक्तिले आफ्ना दुई घर पालुवा माकस प्रजातिको सुगालाई स्थानीय पार्कमा लिएर गएका थिए । उक्त पार्कमा धेरै मानिस व्यायामका लागि जाने गर्छन् । दुईमध्ये एउटा सुगा जगिङ गरिरहेका एक व्यक्तिको काँधमा गएर बसिदियो र आफ्नो पखेटा बेस्सरी हल्लाउन थाल्यो । सुगाको यस्तो व्यवहारले ती व्यक्ति तर्सिए जसका कारण उनी लडे । उनी यति नराम्रोसँग लडे कि ती व्यक्तिको हिपको हड्डी डिस्लोकेट भयो र उनको कम्मरको हड्डी भाँच्चियो । यसका कारण उनी लामो समयसम्म अस्पताल बस्नुपर्यो र निको हुन पनि धेरै नै समय लाग्यो । तसर्थ उनले सुगाका मालिकविरुद्ध क्षतिपूर्तिको माग गर्दै मुद्दा हाले ।
डा. लिन भनेर चिनिने पीडितले ताइनान जिल्ला अदालतलाई आफू एक हप्तासम्म अस्पताल बस्नुपरेको र कम्तीमा ६ महिनासम्म काम गर्न नसकेको बताए । प्लास्टिक सर्जन उनले आफ्नो खुट्टामा उभिन उपचारको विभिन्न पद्धति अपनाउनुपरेको पनि बताए । त्यसैले यसका लागि उनको धेरै खर्च भएको पनि उनले बताए ।
‘उनी अहिले हिँड्न त सक्छन् तर लामो समयसम्म उभिँदा उनको खुट्टा निदाउँछन्,’ डा. लिनका वकिलले भने ।
दुई पक्षको कुरा सुनेपछि अदालतले डा. लिन लड्नुमा हुवाङको लापरवाही भएको निष्कर्ष निकाल्यो । उक्त सुगाको उचाई ४० सेन्टिमिटर र पखेटाको फैलावट ६० सेन्टिमिटर भएकोले यसलाई ‘ठुलो जनावर’ को श्रेणीमा राख्ने गरिन्छ । त्यसैले अदालतले यस्तो दुर्घटना नहोस् भन्नका लागि मालिकले सावधानी अपनाउनुपर्ने बतायो ।
‘अज्ञानमा चोट पुर्याएका’ कारण हुवाङलाई दुई महिनाको जेल सजाय र ९१ हजार ३५० डलर क्षतिपूर्ति तोकियो । सुगाका मालिकले निर्णयमाथि पुनारावेदन गर्ने योजना बनाएका छन् किनभने उनका अनुसार क्षतिपूर्तिको रकम असाध्यै धेरै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण