सडक बिस्तारले पनि रोकेन रुपन्देहीमा सवारी दुर्घटना
रुपन्देही । रुपन्देहीमा सडक बिस्तारसँगै दुर्घटना पनि बढेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको त्रिवर्षीय सवारी दुर्घटनाको तथ्याङ्कअनुसार पछिल्लो समयमा सडक बिस्तारसँगै दुर्घटना पनि बढेको हो ।
यस्तै मृतकको संख्यामा पनि वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार रुपन्देहीमा आर्थिक वर्ष २०७७–०७८मा १६२ वटा दुर्घटना भएकोमा ८२ जनाको मृत्यु र १८४ जना घाइते भएका थिए । घाइतेमध्ये १०५ जना पुरुष र ११ जना महिला गरी ११६ जना गम्भीर घाइते भएका थिए । यस्तै आर्थिक वर्ष २०७८–०७९मा १७२ वटा दुर्घटना भएकोमा ९४ जनाको मृत्यु भएको थियो । २३० जना घाइतेमध्ये १३७ जना पुरुष र ३४ जना महिला गरी १७१ जना गम्भीर घाइते भएका थिए ।
यस्तै चालु आर्थिक वर्षको ६ महिनामा रुपन्देहीमा ८५ वटा सडक दुर्घटना भएको छ । जसबाट ४४ जनाको मृत्यु भएको छ भने ५९ जना गम्भीर घाइते र २० जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा सवारी दुर्घटना पनि बढेको ट्राफिक प्रहरीको भनाइ छ । प्रहरीका अनुसार दुर्घटनाको मुख्य कारण भने चालकको लापरबाही रहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक साकारराज पन्तका अनुसार रुपन्देहीमा सबैभन्दा बढी दुर्घटना छ लेन सडक खण्डमा हुने गरेका छन् । सबैभन्दा बढी दुर्घटना सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगरपालिकाको छ लेन सडक खण्डमा हुने गरेको उनले बताए । सो खण्डमा सवारी साधनको तीव्र गतिका कारण दुर्घटना बढी हुने गरेको उनले जनाएका छन् ।
प्रहरीले सवारी नियम मिच्नेलाई जरिवाना गरेर राजश्व पनि संकलन गरेको छ । आर्थिक वर्ष २०७६–०७७मा २२ हजार २ सय ३७ सवारीसाधनलाई कारबाही गरेर १ करोड ८० लाख जरिवाना बुझेको छ ।
यस्तै आर्थिक २०७७–०७८मा यो संख्यामा वृद्धि भई ५८ हजार १ सय ८४ सवारीसधानलाई कारबाही गर्दा ५ करोड ७३ लाख राजस्व जरिवाना स्वरुप संकलन भएको छ भने आर्थिक वर्ष २०७८–०७९ मा ६५ हजार ९सय ५० वटा सवारीसाधनलाई कारबाही गर्दा ६ करोड ९१ लाख राजश्व संकलन भएको छ ।
चालु आर्थिक वर्षको पौष मसान्तसम्म पनि कार्यालयले २२ हजार २ सय पचास सवारीसाधनलाई कारबाही गरेर २ करोड १३ लाख राजश्व जरिवाना बापत संकलन गरिसकेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण