छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी आइसियुमा
शुक्रबार, ११ फागुन २०७४, ०९ : १६
सिरहा - लक्ष्मीपुर ४ मा छोराको रड प्रहार बाट आमाको मृत्यु भएको छ ।
सिरहा लक्ष्मीपुर ४ बस्ने २८ वर्षीय राम दास ततमाले घरायसी विवाद हुँदा आफ्नै आमा ४५ वर्षीय ज्ञान देवी दास र १६ वर्षीय बहिनी सुनिता कुमारी दासलाई बुधबार फलामे रडले प्रहार गरि गम्भीर घाइते बनाएका थिए ।
रड प्रहारबाट टाउकोमा चोट लागि गम्भीर घइते भएकी ज्ञान देवी दास र सुनिता कुमारी दासलाई उपचारका लागि बिराटनगर न्युरो हस्पिटल लगियो ।
त्यहाँ सामान्य उपचार गरि नोवेल हस्पिटलमा रेफर गरिएको थियो ।
आमा छोरी दुबैको आइसियु वार्डमा उपचार भइरहेको अवस्थामा विहिबार राति आमा ज्ञान देवी दासको मृत्यु भएको ईलाका प्रहरी कार्यलय महेशपुर, पतारीले जनाएको छ।
रड प्रहार गर्ने राम दास ततमालाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेश जारी गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा निन्दा
-
पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश ‘नदिएको हुन सक्ने’ अमेरिकी गुप्तचर निकायको रिपोर्ट
-
विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने
-
प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध
-
वनमा डढेलो लगाउनेलाई कडा कारबाही गर्ने कानुन आवश्यक : मुख्यमन्त्री अधिकारी
-
मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति