हवाई सुरक्षामा प्राधिकरणको ६ बुँदे निर्देशन : भीएफआर फ्लाइटले सर्ट टेकअफका लागि कम्तीमा ५ सय फिट कायम गर्नुपर्ने
काठमाडौं । नेपाल नागरिक उड्यान प्राधिकरण (क्यान) ले हवाई सुरक्षा सम्बन्धी ६ बुँदे निर्देशन जारी गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै क्यानले हेलिकप्टर बाहेक अन्य वायुयानले भीएफआर फ्लाइट अन्तर्गत स्टेबलाइज अप्रोच गर्दा सर्ट टेकअफ र ल्यान्डिङ (स्टोल) विमानस्थलहरूमा जमिनको सतहबाट कम्तीमा ५ सय फिट तथा अन्य विमानस्थलहरूमा कम्तीमा एक हजार फिटको उचाइ अनिवार्य कायम गर्न निर्देशन गरेको हो ।
यस्तै, समर सेडलुबाट लागु हुने गरी यान्त्रिक उडान हुने कन्ट्रोल एरोड्रममा उडान गर्ने स्टल वायुयान बाहेकका अन्य उडानहरूलाई आईएफआर फ्लाइट अप्रेशन मात्र गर्न पाउने प्राधिकरणले जनाएको छ ।
वायुसेवा कम्पनीमा उडान गर्ने प्रशिक्षक/परीक्षक पाइलटले अर्को पाइलट प्रोफिसेन्सी चेक (पीपीसी) गर्नु पूर्व सम्बन्धित वायुयान निर्माता कम्पनीको वा सो कम्पनीबाट सिफारिस प्राप्त संस्था वा परीक्षकमार्फत अनिवार्य चेक गर्नुपर्ने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण