जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : स्वास्थ्य मन्त्री
काठमाडौँ । जनताले अनुभूत गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बताएका छन् ।स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारणसभा तथा पाँचौँ राष्ट्रिय अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री गिरीले यस क्षेत्रका विकृति र विसङ्गति रोक्नका लागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहने बताए । नेपालको स्वास्थ्य क्षेत्र विकराल छ, जनताले गुणस्तरीय सेवा पाउन सकेका छैनन्, यसबारे कलम चलाएर सुधारका लागि केही न केही योगदान गर्छु भन्ने लागेर नै तपाईहरू स्वास्थ्य पत्रकारितामा आउनुभएको होला,’ मन्त्री गिरीले भने, ‘हाम्रो स्वास्थ्य क्षेत्रलाई तमाम गरिब जनताको पहुँचमा कसरी पुर्याउन सकिन्छ, गरिबले पनि कसरी गुणस्तरीय सेवा पाउन सक्छन्, यस विषयमा खोज गरेर कलम चलाइदिनुस्, हामी जिम्मेवारीमा रहेका मानिसलाई पनि त्यसबाट फिडब्याक लिएर केही गर्न मार्गदर्शन मिलोस् ।’
उनले अगाडी भने, , ‘स्वास्थ्य क्षेत्रका बेथिति, भ्रष्ट्राचार र अपारदर्शिताविरुद्ध निर्मम भएर कलम चलाइदिनुभयो भने देशका लागि ठुलो योगदान हुन्, हामी जिम्मेवारीमा छौँ, तपाईहरूले हामीलाई खबरदारी गर्नुपर्छ ।’
स्वास्थ्य क्षेत्रमा देखिने गरी परिवर्तन ल्याउने अठोटका साथ आफूले मन्त्रालय सम्हालेको मन्त्री गिरीले बताए । ‘हामीले ठुलो परिवर्तन ल्याउने अठोटका साथ यो जिम्मेवारी लिएका छौँ । एकैचोटी सबै समस्या समाधान नहोला । हाम्रो स्रोत र साधनका सीमा छन् तर आम जनताले महसुस गर्नेगरी काम गर्नेछौँ,’ उनले अगाडी भने ‘पात्र र प्रवृत्तिदेखि सबै पक्ष नियालिरहेका छौँ, अहिले अध्ययनमै छौँ ।’
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण