भेडापालन किसानको आम्दानीको नयाँ स्रोत ‘भोटे कुकुर’का छाउरा
रुकुम । रुकुमपूर्व पथाउत्तरगङ्गा तकसेराका परिलाल बुढा भेडा गोठालो हुन् । उनी जाडो छल्नका लागि भेडा लिएर यतिबेला ठूलीदह पुगेका छन् । बर्खामा रुकुमपूर्वको हिमाली क्षेत्रमा भेडा चराउने बुढा हिमपात र चिसो बढेपछि चिसो छल्न रुकुमपश्चिमको विभिन्न भागमा पुग्छन् ।
भेडाको उनबाट राम्रो आम्दानी गर्दै आएका बुढाको अर्को आम्दानीको स्रोत हो, कुकुरका छाउरा । उनीसँग भोटे कुकुर छन् र भोटे कुकुरको माग निकै छ । बुढाले भेडा रक्षाका लागि भोटे कुकुर पालेका छन् । यही कुकुरमध्ये उनीसँग दुईवटा माउ कुकुर पनि छन् । ती माउ कुकुरले वर्षमा १० वटा छाउरा जन्माउँछन् । कुकुरका छाउरा बेचेर उनले राम्रो आम्दानी गर्छन् । एउटा कुकुरको छाउराको मूल्य रू १० देखि २० हजारसम्म पर्छ ।
“भोटे कुकुरका छाउराको माग निकै छ । काठमाडौँ, पोखरालगायत सहरबाट माग आउँछ, माग पूरा गर्न सकिन्न”, उनले भने, “अहिले माग धान्नै गाह्रो भइसकेको छ ।” उनले सबै कुकुरका छाउरा/छाउरी रू १० हजारमा बिक्री गरेका छन् ।
अर्का भेडा गोठाला अकविर पुनमगरसँग पनि भोटे कुकुरका छाउरा थिए । राम्रोसँग हुर्किएका छाउरा रू २० हजारसम्म बिक्री गरेको उनको भनाइ छ । उनीसँग भएका छ वटा छाउरा रू १० हजारदेखि रू २० हजारसम्म बिक्री गरेको उनले सुनाए ।
“एउटा माउ कुकुरले दुईदेखि पाँचवटासम्म बच्चा जन्माउँछ”, उनले भने, “बिक्रीमा कुनै समस्या छैन, भाउ पनि बर्सेनि बढिरहेको छ, हिमाली भेगका भेडीखर्कहरूमा पशु–चौपाया र घरको रक्षा गर्न कुकुरपालन अनिवार्य जस्तै छ ।”
ठूलो ज्यान गरेको भोटे कुकुरको स्वभाव अन्य कुकुरभन्दा फरक हुन्छ । दिनभर सुत्ने भोटेकुकुर रातभर घरको सुरक्षामा गर्छ । रुकुमपूर्वको माथिल्लो भेगका अधिकांशले पाल्ने भोटे कुकुर पछिल्लो समय सबैतिर पालिन थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारका १०० दिने उपलब्धि सार्वजनिक शनिबार
-
स्कुल र कलेजका दर्शक पकाउँदै ‘हली’ युनिट
-
मादी नदीमा बन्दैछ ‘आर्क डिजाइन’ को पुल, तस्बिरहरू
-
कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य नियुक्त
-
केप भर्डेका प्रशिक्षकको चेतावनी–हामी अर्जेन्टिनालाई ‘घायल’ बनाउन सक्छौँ
-
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण