स्कुल र कलेजका दर्शक पकाउँदै ‘हली’ युनिट
सारांश
- चलचित्र 'हली'को प्रचारका लागि कलाकार र निर्माताहरू काठमाडौंका स्कुल र कलेजमा पुगेका छन् ।
- विद्यार्थीलाई फिल्मको विषयवस्तुबारे जानकारी दिँदै मनोरञ्जन गराउने उद्देश्यले प्रचार प्रसार गरिएको हो ।
- देशमा परिवर्तन ल्याउन 'हली' नै काफी हुने सन्देश बोकेको यो फिल्म साउन २२ गते प्रदर्शनमा आउँदैछ ।
काठमाडौँ । आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हली’का कलाकार प्रमोद दीप, अभिनेत्री सुजाता थापा, विद्या कार्की, सङ्गीतकार बाबुल गिरी तथा निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठ अहिले प्रचार प्रसारमा व्यस्त छन् । प्रचारका क्रममा फिल्म युनिट काठमाडौंका अधिकांश स्कुल तथा कलेजमा पुगिरहेका छन् ।
फिल्ममा सुरु देखिनै दर्शक अभाव हुन नदिन र विद्यार्थीलाई पनि हलसम्म तान्न उनीहरू स्कुल तथा कलेजमा फिल्म प्रचारमा पुगेका हुन् । फिल्मले किसानको अलवा युवाको कथा उठाएकोले स्कुल कलेजमा पनि प्रचार प्रसार गरिएको निर्माता पूजा गुरुङले बताइन् ।
स्कुल कलेजमा फिल्म युनिटले विद्यार्थीलाई फिल्मको बिषयबस्तुबारे जानकारी दिँदै फिल्म गीतमा मनोरञ्जन समेत दिलाउने गरेका छन् । फिल्म कलाकार आफु माझ पाउँदा विद्यार्थीले फोटो र सेल्फीमा रमाउने गरेका छन् ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्ममा देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी हुन्छ भन्ने बलियो सन्देश बोकेको छ । ओम प्रतीकको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै स्वयम् निर्देशक ओम प्रतीकले अभिनय छ ।
फिल्मको विशेष गीतमा चर्चित कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मालाई पनि देख्न सकिन्छ । उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने चलचित्रका अन्य गीतहरूको कोरियोग्राफी निर्देशक ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि बढ्यो सुनचाँदीको मूल्य
-
११ वर्ष कागजमा सीमित फ्री भिसा फ्री टिकट, अब फेरिँदै छ मोडल
-
विराटनगरमा नदी संरक्षणसँगै ‘मिनी जङ्गल’ निर्माण अभियान सुरु
-
‘फ्री भिसा फ्री टिकट नीति असफल भइसक्यो’
-
भारतीय सहयोगमा पुनर्निर्माण भएको ज्येष्ठ वर्ण महाविहारलाई युनेस्कोको ‘अवार्ड अफ मेरिट’ हस्तान्तरण
-
जुलाई ५ मा तेस्रो बिहे गर्दैछन् आमिर खान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण