मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
अपराध

पुरानो बानेश्वरमा ७ वर्षीया बालिकाको हत्यापछि बाबुद्वारा आत्महत्या

शनिबार, २१ माघ २०७९, १९ : ०५
शनिबार, २१ माघ २०७९

काठमाडौँ । राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बाबुले आफ्नै छोरीको हत्या गरेका छन् । सात वर्षीया छोरीको हत्यापछि बुबा किशोर भण्डारीले पनि आत्महत्या गरेका हुन् । 

रामेछापको खाँडादेवी स्थायी घर भइ फार्मेसी सञ्चालन गर्दै आएका भण्डारीले छोरीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले रातोपाटीलाई जानकारी दिए । 

ती अधिकारीका अनुसार छोरीको घाँटी रेटेर हत्यापछि आफूले पनि पासो लगाएर आत्महत्या गरेको फेला परेका हुन् । टंकप्रसाद मार्गस्थित डेरामै दुबै जना मृत फेला परेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप