प्रदेश १ को समृद्धि र विकास लागि उर्जा क्षेत्रमा लगानी बढाउनुपर्छ : सरोकारवाला
विराटनगर । प्रदेश १ मा उर्जा क्षेत्रमा भइरहेको लगानीको सुरक्षा र थप लगानी गर्ने वातावरण बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) ले प्रदेश नं. १ को दिगो विकासका लागि उर्जा भन्ने विषयमा विराटनगरमा आयोजना गरेको दुई दिने कार्यशालामा सहभागी विज्ञहरुले यस्तो धारणा राखेका हुन् । उनीहरुले उर्जा क्षेत्रमा लगानी बढाए प्रदेश १ ले तीब्र समृद्धि हासिल गर्ने दाबी पनि गरे ।
कार्यशालामा विद्युत् आयोजना निर्माणमा हुने झण्झटिलो प्रक्रिया, स्थानीय अवरोध, ट्रान्समिसन लाइन निर्माणमा हुने अवरोध लगायतका विषयलाई स्थानीय, प्रदेश र संघ सरकारले हल गर्नुपर्नेमा लगानीकर्ताहरुले जोड दिए । अहिले पनि एउटा विद्युत् आयोजनाको लाइसेन्स लिएर आयोजनाको निर्माण सुरु गर्नै ७÷८ वर्ष लाग्ने गरेको भन्दै यस्तो अवस्थाको अन्त्य गर्नुपर्नेमा उनीहरुले जोड दिए ।
इपानका प्रदेश १ सचिव सोमनाथ कँडेलले क्षमता अनुसार प्रदेश १ मा विद्युत् आयोजनाहरु निर्माण भए अहिलेको केन्द्र सरकारको जम्मा बजेटको आकारको बजेट प्रदेश १ सरकारले नै ल्याउन सक्ने दाबी गरे । देशभरमा सबैभन्दा बढी प्रदेश १ मै उर्जा क्षेत्रको बढी सम्भावना भएको तथ्यांक प्रस्तुत गर्दै उनले ३४ हजार मेगावाट क्षमताका आयोजना बन्नसक्ने दाबी गरे ।
त्यसो भएको खण्डमा प्रदेश १ मा मात्रै रोयल्टीवापत वार्षिक १ अर्ब ३६ अर्ब आउन सक्ने बताए । इपानकै कार्यसमिति सदस्य प्रकाश दुलालले खोलामा पानी नभएर सुन बगिरहेको दाबी गर्दै तीनै तहका सरकारहरुले भरपूर क्षमता लगाएर विद्युत् क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए ।
कार्यशालामा दिगो विकासका लागि उर्जा क्षेत्रको विकासबारे दुलालले प्रस्तुति दिएका थिए । यस्तै इपालका कार्यवहाक अध्यक्ष मोहनकुमार डाँडी, प्रदेश १ का जलस्रोत सिंचाई तथा उर्जा मन्त्रालयका सचिव नविनराज सिंह, इपालका पूर्व अध्यक्ष कुमार पाण्डे, इपानका लुम्बिनी प्रदेशका कोअर्डिनेटर कुबेरमणि नेपाल, जलविद्युत् क्षेत्रका विज्ञ तथा पत्रकार भीम गौतमलगायतले विद्युत् क्षेत्रको विकासको सम्भावना र चुनौतिको विषयमा प्रस्तुति दिएका थिए । बिहीबार र शुक्रबार दुईदिनसम्म चलेको उक्त कार्यक्रममा प्रदेश १ का दर्जनबढी सांसदहरु, उर्जा उत्पादकहरु तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण