आन्तरिक राजश्व कार्यालय जुम्लामा राजश्व असुली निराशाजनक
जुम्ला । आन्तरिक राजश्व कार्यालय जुम्लामा चालु आर्थिक वर्ष २०७९-०८० को साढे ६ महिनामा राजश्व असुली निराशाजनक देखिएको छ । यस अवधिमा ३४.६५ प्रतिशत मात्रै राजश्व असुली हुनु निराशाजनक देखिएको कार्यालयका कर अधिकृत खेष प्रसाद उपाध्यायले बताएका हुन् ।
कार्यालयको जुम्ला, मुगु र कालिकोट जिल्लामा कार्य क्षेत्र रहेको कर अधिकृत उपाध्यायले बताए। उनले भने जुम्ला कर्णाली प्रदेशको राजधानी सुर्खेतपछिको ठुलो सहर मानिन्छ। उपाध्यायका अनुसार राजश्व सङ्कलनको वार्षिक लक्ष्य ४७ करोड ५६ लाख ८ हजार रहेकोमा ६ महिनामा २३ करोड ८२ लाख १८ हजार राजश्व उठ्नुपर्ने थियो। हालसम्म जम्मा १६ करोड ४८ लाख १८ हजार मात्रै राजश्व उठेको छ । उनले लक्ष्यको ७ करोड ३४ लाख राजश्व असुली हुन नसकेको जनाए।
गत वर्ष भने यही अवधिमा लक्ष्यभन्दा बढी नै राजश्व उठेको थियो । कोरोनापछि अर्थतन्त्र गतिशील नहुनु, बैङ्कमा ब्याजमाथि ब्याज थपिनु, व्यापारिक गतिविधि न्यून हुनु लगायतका कारणले उद्यमीहरू नियमित राजश्व तिर्ने अवस्थामा नरहेको कर अधिकृत उपाध्यायले बताए। तर ४७ करोड ५६ लाख ८ हजारको वार्षिक राजश्व असुली लक्ष्य भने पुरा हुने उनको दाबी छ।
चालु आवको साढे ६ महिनामा उठेको कूल राजश्व उठ्दा सबैभन्दा बढी आयकर शीर्षकबाट १० करोड ९८ लाख ९५ हजार राजश्व असुली भएको छ। भ्याटतर्फ ४ करोड ३० लाख ८८ हजार, अन्तःशुल्कतर्फ ४९ लाख ४८ हजार, बहाल करमार्फत ४७ लाख २४ हजार र ब्याज कर तर्फ २१ लख ६० हजार गरी करिब साढे १६ करोड राजश्व उठेको छ । राजश्व असुली निराशाजनक भए पनि जुम्लामा करदाताको सङ्ख्या भने वर्षेनी बढेको देखिन्छ।
कार्यालयको तथ्याङ्क अनुसार तीन जिल्लाका कुल ३० हजार २८४ जना मतादाता रहेका छन् । जसमा सबैभन्दा बढी आयकरतर्फ १४ हजार १२२ जना र सबैभन्दा कम डब्लुप्यानतर्फ २ सय १७ जना करदाता रहेको कर अधिकृत तथा आन्तरिक राजश्व कार्यालयका सूचना अधिकारी खेम प्रसाद उपाध्यायले बताए । व्यक्तिगत प्यानतर्फ १३ हजार ९७५, अन्तःशुल्कतर्फ ५ सय ७२ र भ्याटतर्फ १३ सय ९८ जना गरी ३० हजारभन्दा बढी मतदाता रहेका छन् । यस्तै सरकारी तथा गैससमा प्यान नम्बर अनिवार्य गरेपछि पनि व्यक्तिगत प्यानमा दर्ता हुने करदाता बढेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण