किन आए अचानक विप्लव काठमाडौँ ?
काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टीका बैठक सकेर कलिवस्तुको शिवगढीबाट काठमाडौं आइपुगेका छन् । गत शनिवार काठमाडौँ आएका विप्लव प्रधानमन्त्री प्रचण्डलाई भेट्न आएका हुन् । प्रधानमन्त्री प्रचण्डसहित नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरालाई भेट्न उनी कपिलवस्तुको शिवगढीबाट काठमाडौँ आएका हुन् ।
पार्टीको सचिवालय, पोलिटब्यूरो र केन्द्रीय समिति बैठक सकेर विप्लव काठमाडौं आएका हुन् । महरालाई भेटे पनि प्रधानमन्त्रीसँग भेट हुन नसकेको विप्लव निकट एक नेताले बताए । प्रधानमन्त्रीसँग समय माग गरिए पनि पाउन नसकिएको ती नेताले बताए । विप्लव बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताको रिहाई र मुद्दा फिर्ताका विषयमा छलफल गर्न काठमाडौँ आएको हुन सक्ने आकलन गरिएको छ ।
यसअघि महरा विप्लवलाई भेट्न शिवगढी गएका थिए । गत पुस ३० गते गृहजिल्ला रोल्पा जानेक्रममा विप्लवलाई महराले भेटेका हुन् । विप्लवले पार्टी एकताका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण