शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

किन आए अचानक विप्लव काठमाडौँ ?

आइतबार, २२ माघ २०७९, १२ : ५४
आइतबार, २२ माघ २०७९

काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टीका बैठक सकेर कलिवस्तुको शिवगढीबाट काठमाडौं आइपुगेका छन् । गत शनिवार काठमाडौँ आएका विप्लव प्रधानमन्त्री प्रचण्डलाई भेट्न आएका हुन् । प्रधानमन्त्री प्रचण्डसहित नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरालाई भेट्न उनी कपिलवस्तुको  शिवगढीबाट काठमाडौँ आएका हुन् ।

पार्टीको सचिवालय, पोलिटब्यूरो र केन्द्रीय समिति बैठक सकेर विप्लव काठमाडौं आएका हुन् । महरालाई भेटे पनि प्रधानमन्त्रीसँग भेट हुन नसकेको विप्लव निकट एक नेताले बताए । प्रधानमन्त्रीसँग  समय माग गरिए पनि पाउन नसकिएको ती नेताले बताए । विप्लव बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताको  रिहाई र मुद्दा फिर्ताका विषयमा छलफल गर्न काठमाडौँ आएको हुन सक्ने आकलन गरिएको छ । 

यसअघि महरा विप्लवलाई भेट्न शिवगढी गएका थिए । गत पुस ३० गते गृहजिल्ला रोल्पा जानेक्रममा विप्लवलाई महराले भेटेका हुन् । विप्लवले पार्टी एकताका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न सक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप