शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घरमा मृत भेटिइन् गायिका वाणी जयराम

आइतबार, २२ माघ २०७९, १३ : ०१
आइतबार, २२ माघ २०७९

हालै पद्म भूषणद्वारा सम्मानित गरिएकी दक्षिणकी चर्चित गायिका वाणी जयरामको ७७ वर्षको उमेरमा निधन भएको छ । मिडिया रिपोर्टका अनुसार केही समय अघि उनको टाउकोमा चोट लागेको थियो जसका कारण उनी धेरैजसो बिरामी भइरहन्थिन् । शनिबार बिहान उनी चेन्नई स्थित आफ्नो घरमा मृत पाइएकी हुन् । उनको मृत्युको कारण स्पष्ट हुन सकेको छैन । वाणी जयरामलाई पद्म भूषण अवार्ड २०२३ बाट सम्मानित गरिएको छ ।

१९ भाषामा १० हजारभन्दा बढी गीत गाइन्

वाणी जयराम दक्षिणकी चर्चित प्लेब्याक सिंगर थिइन् । सन् १९४५ मा तमिलनाडुको वेल्लोरमा जन्मिएकी वाणीको वास्तविक नाम कलैवानी थियो । वाणीले आफ्नो करियरमा तमिल, तेलुगु, कन्नड, मलयालम, हिन्दी, उर्दूसमेत १९ भाषामा १० हजारभन्दा बढी गीत गाइन् । स्मरण रहोस्, केही समय अघि वाणीले आफ्नो करियरको ५० वर्ष पूरा गरेकी थिइन् । सङ्गीतको क्षेत्रमा उत्कृष्ट प्रदर्शनका लागि वाणीले तीन पटक राष्ट्रिय पुरस्कार पाइसकेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप