गुल्मीमा महिलाको हत्या प्रकरण रहस्यमय बन्दै, १० जनाको टीम अनुसन्धानमा व्यस्त
गुल्मी । गुल्मीमा गत आइतबार एक महिलाको विभत्स हत्या भएकामा प्रहरीले अझैसम्म पनि दोषी पत्ता लगाउन सकेको छैन । प्रहरीले अनुसन्धान जारी राखेको भएपनि हालसम्म प्रगति नदेखिएको हो ।
गत आइतबार बिहान गुल्मीको मुसिकोट नगरपालिका–७ वामिटक्सार बजार नजिकै पर्ने न्वारास्थित आफ्नै होटलमा ५७ वर्षीया अविवाहित महिला गङ्गादेवी शेरचनको हत्या भएको थियो । होटलभित्र रगताम्य अवस्थामा उनको शव फेला परेको थियो । दुवै हात र खट्टा बाँधेर सेलो टेपले समेत बेरिएको थियो । यो विभत्स हत्याकाण्डको रहस्य बाहिर स्थानीय आक्रोशित बनेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अर्जुन रानाभाटले प्रहरीले अनुसन्धान जारी राखेको बताए । उनले भने, ‘हामीले अनुसन्धान जारी राखेका छौं, डीएसपी माधवराज खरेलको नेतृत्वमा १० जनाको प्रहरी टोलीले घटनास्थल क्षेत्रमै रहेर अनुसन्धान गरिरहेको छ ।’ अनुसन्धान जारी रहेपनि उल्लेख्य प्रगति विवरण प्राप्त हुन नसकेको उनको भनाइ छ । अहिलेसम्म करिव ६०÷७० जना स्थानीयलाई कार्यालयमा झिकाएर सोधपुछ गरिएको रानाभाटले उल्लेख गरे ।
मृतक शेरचन विगत लामो समयदेखि त्यस घरमा होटल गरेर बसेकी अविवाहित महिला हुन् । उनको धनसम्पत्ति पनि प्रशस्त रहेको बताइन्छ । आर्थिक विषयकै कारण हत्या भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।
त्यसदिन दिउँसो ११ देखि १२ बजेको बीचमा एक जना ठेकेदार भनिने मान्छेसहित तीन जना मानिस उनको होटलमा आएको बताइन्छ । बेलुका फेरि तीनै ठेकेदार भनिने मानिससहित थप तीनजना होटेलमा प्रवेश गरेको मृतक शेरचनको छिमेकी जैकला कुमालको भनाइ छ । मृतक महिलाका सहोदर दाजु सुनिल शेरचनले बहिनीको हत्या सुनियोजित रुपमा भएको बताएका छन् । हत्याकाण्डबारे प्रहरीले अनुसन्धानमा ढिलाइ गरेको उनको गुनासो छ ।
अनुसन्धानको पहिलो चरणमा घटनास्थलमा प्रहरीको तालिम प्राप्त कुकुर पनि ल्याएर कोशिस गरिएको थियो । तर अहिलेसम्म अपराधी पत्ता नलाग्दा आफन्तजन निराश बन्नुका साथै घटना रहस्यमय बनेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले पनि हत्या अभियुक्त पत्ता लगाउन अनुसन्धान तीब्र पारिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण