संसदमा धनराज गुरुङ : ‘हामी अहिलेसम्म पनि सुध्रिएनौँ, उस्तै–उस्तै छौँ’
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले राजनीतिक दलहरू अझै पनि नसुध्रिएको र पहिलेकै अवस्थामा रहेको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गुरुङले नयाँ आएका राजनीतिक दलहरूको व्यवहार पनि पुरानाको जस्तै भएको टिप्पणी गरे ।
उनले भने– ‘नेपालीमा एउटा उखान छ, जुन जोगी आए पनि कानै चिरेको । हामीले त कान चिरेकै थियौँ नयाँहरू पनि कान चिरेर नै आएछन् कि क्या हो जस्तो भइरहेको छ । त्यसैले अहिले पनि हामी उस्तै गरिरहेका छौँ, सुध्रिएका छैनौँ उस्तै उस्तै भइरहेका छौँ ।
नेपालीमा अर्को पनि उखान छ, तिमी पनि उही ड्याङका मुला हौ नि । मलाई लागेको थियो फरक भयो यहाँ । यो संसद् धेरै फरक भयो भन्ने लागेको थियो । तर त्यो भ्रम धेरै दिन टिकेन । पुरानो मुलाको ड्याङ र नयाँ मुलाको ड्याङ मिलाएर राखिदिँदा त उही मुलाको ड्याङ बन्दो रहेछ । पटक पटक व्यवस्था बदल्यौ तर देशको अवस्था बदल्न सकेनौँ । मूल कारण हामीले भ्रष्ट पद्धतिलाई बदल्न सकेनौँ ।’
भ्रष्ट पद्धतिलाई बदल्न सबैभन्दा पहिला नेताहरू आफैँ बदलिन आवश्यक रहेको उल्लेख गरे । गरिबभन्दा गरिब नेपालीले सिटामोल पाउने अवस्था नरहेको बताउँदै गरिबले कतै उपचार खर्च खोज्दा पालिकाको पत्र माग्ने तर नेताहरूले उपचार खर्च माग्दा पालिकाको सिफारिस नचाहिने बताए । उनले पालिकाको सिफारिस बिना नेताले उपचार खर्च पाउनु नै भ्रष्ट प्रवृत्ति रहेको उल्लेख गरे । उनले नेताले देशको समस्या समाधान गर्नुपर्नेमा समस्या मात्रै देखाउने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण