बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

संसद्‍मा ओलीको डेढ घण्टा : रवि लामिछानेको फैसलादेखि कांग्रेसको उछितोसम्म

आइतबार, २२ माघ २०७९, १८ : ०५
आइतबार, २२ माघ २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलादेखि नेपाली कांग्रेसले सत्ता गठबन्धन भत्काउन गरेको प्रयासप्रति चर्को आलोचनामा उत्रेका छन् ।

आइतबार बसेको प्रतिनिनिधि सभा बैठकमा झण्डै डेढ घण्टा सम्बोधनका क्रममापूर्व प्रधानमन्त्री समेत रहेकाअध्यक्ष ओलीले सर्वोच्चको फैसलाले लामिछानेलाई अन्याय भएको समेत बताए । अध्यक्ष ओलीले सर्वोच्च अदालतले प्रक्रियागत त्रुटीलाई देखाएर लामिछानेमाथि अन्याय गरेको टिप्पणीमात्रै गरेनन् ‘फैसलाबाट कसलाई न्याय भयो ?’ भन्दै प्रश्न समेत गरे । 

‘हाल सर्वोच्च अदालतबाट निर्णय भयो, सरकार उपप्रधान तथा गृहमन्त्री र जनताले अत्याधिक मतले विजयी गराएर पठाएका सांसद रवि लामिछानेको सम्बन्धमा अदालतबाट एउटा मुद्दा फैसला भयो । हामी अदालतलाई सम्मान गर्छौं त्यसकारण त्यस निर्णयलाई मान्छौँ’, ओलीले भने, ‘त्यसपछि मेरो मनमा केही कुरा आए । उजुरकर्ता व्यक्तिलाई के मर्का परेछ र उजुर गरे, के सरोकार हो, के कारणले हो, के अन्याय भयो र न्याय खोजे ?’

ओलीले लामिछानेको बचाउ गर्दै उनी प्रतिनिधि सभाको ढोका खुला भएरमात्रै प्रतिनिधि सभा नछिरेको भन्दै निर्वाचन आयोगले योग्य ठहर गरिसकेपछि मात्रै निर्वाचित भएको बताए । ‘प्रक्रियागत त्रुटी । शुक्रवार रवि लामिछाने, जो पहिला नै आफ्नो स्टाटेजी सार्वजनिक गरिसकेका छन्, दोस्रो ढोका खुला रहेछ भनेर फुत्त पसेका होइनन्’, ओलीले निर्वाचन आयोगमा उजुरी परेपनि आयोगले उम्मेदवार हुन पाउने वैधानिक व्यवस्थापछि मात्रै चुनाव लडेर अत्याधिक मतले लामिछानेलाई जनताले जिताएको बताए ।  

कुनै व्यक्ति, समूह, संस्था, राज्यका कुनै हक अधिकारमाथि उल्लंघन भयो भने रोक्नुपर्ने तर सम्मानित सर्वोच्च अदालतको फैसलाले कुनै सस्टेन्सियल इरर नभन्ने भन्दै त्रुटी पनि तात्विक अर्थ राख्ने खालको नभन्ने बताए । ‘प्रक्रियागत त्रुटी हुन गएछ, त्यतिमा सांसद, पार्टी अध्यक्ष, गृहमन्त्री, उपप्रधानमन्त्री भयो । रवि लामिछानेलाई न्याय भएन भने कसलाई न्याय भयो त ?’, ओलीको भनाइ छ ।

 उनले विदेशमा रहेका नेपालीहरुको मतदानको अधिकार दिने भनिरहँदा सभापति लामिछानेको विषयले गैर आवासीय नेपालीहरुमाथि मताधिकार दिने वा नदिने भन्नेबारेमा प्रश्न उठेको बताए ।

अध्यक्ष ओलीले राजनीतिक मुद्दाहरु फिर्ता लिइ राजनीतिक बन्दीहरुको रिहाईको प्रसंग उठिरहेको भन्दै यसमा सरकारले छिटो कानून निर्माण सम्बन्धी वा अन्य आवश्यक कुराका सन्दर्भमा छिटो कदम चाल्नुपर्ने बताए ।

कांग्रेसमाथि ढोक्साको भाष्य

अध्यक्ष ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकोमा पनि आक्रोश पोखे । काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्नु नै गलत भएको ओलीको टिप्पणी छ ।

उनले सरकारलाई विश्वासको मत दिने तर संसदजस्तो सार्वजनिक पदमा भने राष्ट्रिय सहमति गर्न चासो नदेखाएको भन्दै ढोक्सा थापेर गठबन्धन तोड्न लागिपरेको शंका व्यक्त गरे । ओलीले यसअघि कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई ढोक्साको संज्ञा दिएका थिए । उनले काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीमा आफू बाहेक अरुलाई स्वीकार्न नसकेर हठातमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पनि बताए ।

‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन । मैले त्यतिबेलै भनेको थिए मतदान मात्रै गरेको भए त ठीकै हो । ढोक्सा थापेको हो भने गल्ती हो । ढोक्सा बेलुका थापिन्छ । अँध्यारोमा माछा पार्न खोजिन्छ’, उनले भने, ‘बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फर्क्यो । सरकारलाई दिएको विश्वासको मतलाई राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचलो खडा गर्ने काँग्रेसको रणनीति देखिन्छ ।’ अध्यक्ष ओलीले काँग्रेस पुनः सरकारमा आउन बल गरिरहेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप