तोलामा ५०० ले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर
सोमबार, २३ माघ २०७९, १० : ४८
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको भाउ तोक्दै हिजो आइतबारको तुलनामा सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो ।
हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो । जुन, आज ५०० रुपैयाँले बढ्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँ कायम थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण