अमेरिकी डलरको भाउ स्थिर, युरो घट्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर आइतबार १३० रूपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रूपैयाँ २३ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार अमेरिकी डलरको सोही मूल्यमा कारोबार भएको थियो।
युरोपियन युरो सोमबार एक रुपैयाँ ८ पैसाले ओरालो लागेको छ । यसको खरिदमा १४१ रूपैयाँ २ पैसा र बिक्रीमा १४१ रूपैयाँ ६६ पैसा कायम गरिएको छ। आइतबार यसको खरिददर १४२ रूपैयाँ ८० पैसा र बिक्रीमा १४३ रूपैयाँ ४६ पैसामा कारोबार भएको थियो । यस्तै, बेलायती पाउण्डको खरिददर १५७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १५८ रूपैयाँ १८ पैसा तोकिएको छ। अघिल्लो कारोबारको तुलनामा २ रुपैयाँ ५९ पैसाले घटेको छ । आइतबार यसको खरिददर १६० रूपैयाँ ३ पैसा र बिक्रीदर १६० रूपैयाँ ७७ पैसा तोकिएको थियो ।
त्यसैगरी, अष्ट्रेलियन डलरको मूल्य १ रुपैयाँ ८३ पैसाले घटेर यसको खरिदमूल्य ९० रूपैयाँ ४२ पैसा र बिक्रीमा ९० रूपैयाँ ८४ पैसा तोकिएको छ । यसअघि आइतबार यसको खरिददर ९२ रूपैयाँ २४ पैसा र बिक्रीमा ९२ रूपैयाँ ६७ पैसामा कारोबार भएको थियो । क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ५० पैसा र बिक्रीमा ९७ रूपैयाँ ९४ पैसा तोकिएको छ।
सोमबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रूपैयाँ ९७ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार ३० रूपैयाँ ६८ पैसा र बिक्रीमा ३० रूपैयाँ ८२ पैसा पाइन्छ।
आज कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ २२ पैसा र बिक्रीमा ४३० रूपैयाँ १९ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३४८ रूपैयाँ ११ पैसा तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण