नेपाल र जापानको राजनीति केन्द्रित सेमिनार जारी
काठमाडौं । नेपाल र जापानको राजनीति केन्द्रित दुई दिने सेमिनार सुरु भएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त आयोजनामा ‘नेपाल र जापानको राजनीति, राजनीतिक दल र आवधिक निर्वाचन’का विषयमा सोमबारदेखि काठमाडौंमा सेमिनार सुरु भएको हो ।
सेमिनारको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा धर्मकान्त बाँसकोटाले नेपाल जापानको सम्बन्ध र नेपालको विकासमा जापानले गरेको सहयोगका विषयमा जानकारी गराएका थिए । उनले नेपाल र जापनबीचको सम्बन्ध विगतदेखि नै सुमधुर रहँदै आएको बताए ।
सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले नेपालले जापानको राजनीति र आर्थिक विकासबाट धेरै कुरा सिक्न सकिने बताएका थिए ।
सोमबारदेखि सुरु सेमिनारमा राजनीतिक अस्थिरताकाबीच पनि जापानको आर्थिक विकासका विषयमा छलफल हुनेछ । नेपालका लागि जाइकाका प्रतिनिधि ओकुबो अकिमित्सुले जापान–नेपालको आपसीसम्बन्ध र जाइकाले नेपालमा गरेको सहयोगका विषयमा चर्चा गरेका थिए ।
सेमिसनारमा दुई देशको राजनीतिक अवस्था, आवधिक निर्वाचन, आर्थिक र राजनीतिक परिवर्तनका विषय केन्द्रित बहस हुनेछ । सिनासका कार्यकारी प्रमुख कार्कीका साथै जापानको टोकियो विश्वविद्यालयबाट कार्यपत्र प्रस्तुत हुनेछ ।
यसका साथै सम्बन्धित विषयमा अध्ययनरत विद्यार्थीले नयाँ आयामका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्ने त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर रत्नमणि नेपालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान