सन्दीपको खेललाई राम्रोसँग बुझेर टिममा राखेको हुँ : प्रशिक्षक देसाई
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रशिक्षकमा मोन्टी देसाईले सन्दीप लामिछानेको खेललाई राम्रोसँग बुझेर टिममा राखिएको प्रतिक्रिया दिएका छन् । सोमबार नियुक्त भएलगत्तै उनले सो प्रतिक्रिया दिएका हुन् । प्रशिक्षक देसाईले भने, ‘मैले सन्दीपको खेललाई राम्रोसँग बुझेर उनलाई टिममा राखेको हो । सन्दीपको केस बारेमा पनि बुझेको छु । उनी टिममा पर्छन् । उनी जस्तो खेलाडी टिमलाई खाँचो छ ।’
प्रशिक्षक देसाइले सन्दीप अहिले राम्रो तयारी गरिरहेको जानकारी समेत दिए । उनले आफूले प्रशिक्षकको जिम्मेवारी पाउँदा निकै खुसी लागेको समेत बताए । नेपालसँग आफ्नो २०२१ देखिकै सम्बन्ध रहेको बताउँद उनले भने, ‘आज मलाई प्रशिक्षकको जिम्मेवारी पाउँदा खुसी लागेको छ । मैले पाएको अवस मेरो नेपालसँग २०१२ देखिको सम्बन्ध छ । नेपाल टिमसँग पनि राम्रो सम्बन्ध छ । मेरो सम्झौता क्यानसँग २ वर्षको छ, म त्यो भन्दा लामो सम्झौता बनाएर बस्न तयार छु ।’
नेपाल क्रिकेट संघ (क्यान)ले देसाईलाई सोमबार देसाईलाई राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण