रामोजी फिल्म सिटीबाट ‘ह्रस्व दीर्घ’ को छायांकन सुरु
काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’ को छायाङ्कन सुरु भएको छ । सोमबार भारतको हैदरावादमा अवस्थित संसारकै सबैभन्दा ठुलो स्टुडियो रामोजी फिल्म सिटीबाटमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै सुरु गरिएको हो । फिल्मको सुटिङ सुरु भएको अभिनेत्री तथा निर्माता निता ढुङ्गानाले एक भिडियोमार्फत जानकारी दिएकी हुन् । उनले भनेकी छन्, ‘फिल्मको अबचाहिँ बल्ल छायाङ्कन सुरु भएको छ । संसारकै सबैभन्दा ठुलो स्टुडियोमा नेपाली फिल्म खिच्नु भनेको नेपाली र नेपाली फिल्म इन्डस्ट्रीका लागि धेरै ठुलो कुरा हो जस्तो लाग्छ । पहिलो कदम मैले चालेँ, अब तपाईँहरूको साथ, माया र आर्शिवाद चाहिएको छ ।’
चन्द्र पन्तको निर्देशन रहने फिल्ममा नितासँगै हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, नरेन खड्का, आदर्श मिश्रा, गरिमा शर्मा, लक्ष्मी पौडेल, वसिम राजा, साउथ फिल्मका कलाकारहरू ब्रह्मानन्दम, अली, ‘पुष्पा’ का भिलेन सुनिल वर्मा, ‘गजनी’ का भिलेन प्रदीपराज रावतको पनि अभिनय रहनेछ । निता फिल्मस्को ब्यानरमा बन्ने लागेको फिल्मको बजेट ४ करोड बताइएको छ ।
दिल आपके पास है’, ‘वेलकम ब्याक’, ‘परदेश’ जस्ता बलिउड फिल्म छायाङ्कन गरेका कवीरलाल ‘ह्रस्व दीर्घ’ को छायाँकार हुन् । प्रेमकथामा बन्न लागेको फिल्म नेपाल तथा भारतका फिल्म हल र प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिज गर्ने योजनामा निर्माण युनिटको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण