बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गाड्न लागिएको १७ महिने बच्चाको शव प्रहरीद्वारा पशुपतिबाट बरामद

सोमबार, २३ माघ २०७९, १७ : ०१
सोमबार, २३ माघ २०७९

काठमाडौँ । प्रहरीले मृत्युपछि गाड्न भनी पशुपतिको जंगलमा लगिएका एक १७ महिने बच्चाको शव बरामद गरेको छ । घटना संकास्पद देखिएको भन्दै प्रहरीले शव बरामद गरेको हो । 

काठमाडौँको नारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित चिसापानीमा बालिकाको पानीको काल्टिनमा डुबेर मृत्यु भएको भन्दै आफन्तले अन्तिम संस्कार (गाड्न) का लागि पशुपति लगेका थिए । 

तर, बच्चाको हत्या भएको आशंका देखिएकाले शव उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । 

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप