गाड्न लागिएको १७ महिने बच्चाको शव प्रहरीद्वारा पशुपतिबाट बरामद
सोमबार, २३ माघ २०७९, १७ : ०१
काठमाडौँ । प्रहरीले मृत्युपछि गाड्न भनी पशुपतिको जंगलमा लगिएका एक १७ महिने बच्चाको शव बरामद गरेको छ । घटना संकास्पद देखिएको भन्दै प्रहरीले शव बरामद गरेको हो ।
काठमाडौँको नारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित चिसापानीमा बालिकाको पानीको काल्टिनमा डुबेर मृत्यु भएको भन्दै आफन्तले अन्तिम संस्कार (गाड्न) का लागि पशुपति लगेका थिए ।
तर, बच्चाको हत्या भएको आशंका देखिएकाले शव उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण