महिला राष्ट्रिय भलिबल : फाइनल समीकरण पुरा
काठमाडौं । राजधानीमा जारी छैठौं संस्करणको केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमण्डले अपराजित यात्रालाई तेस्रो खेलमा निरन्तरता दिँदै फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमवार सम्पन्न लिगको चरणको अन्तिम खेलमा न्यु डायमण्डले विभागीय टोली एपिएफलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो ।
दुवै टोलीले सोमवार भएको प्रतिष्पर्धामा मुख्य खेलाडीलाई विश्राम दिएका थिए । दोस्रो रोजाई खेलाडीबीचको प्रतिष्पर्धामा एपिएफ न्यु डायमण्डसँग ३–१ को सेटमा पराजित भएको हो । डायमण्डले पहिलो र दोस्रो सेट क्रमशः २५–२१ र २५–१९ ले जिते पनि तेस्रो सेट २१–२५ ले गुमाउन पुगेको थियो ।
चौथो सेटमा डायमण्ड २५–२१ ले विजयी हुँदा तेस्रो खेलमा पनि सुखद् नतिजा निकाल्न सफल भएको हो । यससँगै न्यु डायमण्डले तालिका स्पष्ट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको हो । उता एक खेल अगावै फाइनलमा पुगेको एपिएफको ६ अंक भयो । एपिएफ दोस्रो स्थानमा अटाएको हो ।
यस्तै भने शुरुवाती दुई खेल मध्ये दुवैमा नतिजा सुम्पिएका पुलिस र आर्मीबीच सोमवार नै भएको लिग चरणको अन्तिम खेलमा पुलिसले आर्मीलाई पनि ३–१ को सेटमा हरायो । पुलिसले पहिलो सेट २६–२४ ले गुमाएको थियो । त्यसपछिको सेट २६–२४, २६–२४ र २५–२० ले जित्दै पुलिसले जारी लिगमा पहिलो जित निकालेको हो ।
अब यी दुई टोलीबीच मंगलवार तेस्रो स्थानको छिनोफानोकालागि प्रतिष्पर्धा हुनेछ भने उपाधिका लागि न्यु डायमण्ड र एपीएफ क्लवबीच मंगलवार नै प्रतिष्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण