सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

महिला राष्ट्रिय भलिबल : फाइनल समीकरण पुरा

सोमबार, २३ माघ २०७९, १८ : ४८
सोमबार, २३ माघ २०७९

काठमाडौं । राजधानीमा जारी छैठौं संस्करणको केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमण्डले अपराजित यात्रालाई तेस्रो खेलमा निरन्तरता दिँदै फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमवार सम्पन्न लिगको चरणको अन्तिम खेलमा न्यु डायमण्डले विभागीय टोली एपिएफलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो । 

दुवै टोलीले सोमवार भएको प्रतिष्पर्धामा मुख्य खेलाडीलाई विश्राम दिएका थिए । दोस्रो रोजाई खेलाडीबीचको प्रतिष्पर्धामा एपिएफ न्यु डायमण्डसँग ३–१ को सेटमा पराजित भएको हो । डायमण्डले पहिलो र दोस्रो सेट क्रमशः २५–२१ र २५–१९ ले जिते पनि तेस्रो सेट २१–२५ ले गुमाउन पुगेको थियो । 

चौथो सेटमा डायमण्ड २५–२१ ले विजयी हुँदा तेस्रो खेलमा पनि सुखद् नतिजा निकाल्न सफल भएको हो । यससँगै न्यु डायमण्डले तालिका स्पष्ट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको हो । उता एक खेल अगावै फाइनलमा पुगेको एपिएफको ६ अंक भयो । एपिएफ दोस्रो स्थानमा अटाएको हो ।

यस्तै भने शुरुवाती दुई खेल मध्ये दुवैमा नतिजा सुम्पिएका पुलिस र आर्मीबीच सोमवार नै भएको लिग चरणको अन्तिम खेलमा पुलिसले आर्मीलाई पनि ३–१ को सेटमा हरायो । पुलिसले पहिलो सेट २६–२४ ले गुमाएको थियो । त्यसपछिको सेट २६–२४, २६–२४ र २५–२० ले जित्दै पुलिसले जारी लिगमा पहिलो जित निकालेको हो । 

अब यी दुई टोलीबीच मंगलवार तेस्रो स्थानको छिनोफानोकालागि प्रतिष्पर्धा हुनेछ भने उपाधिका लागि न्यु डायमण्ड र एपीएफ क्लवबीच मंगलवार नै प्रतिष्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप