बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

६ महिनामा झन्डै ११ अर्बको सुन भित्रियो

मङ्गलबार, २४ माघ २०७९, ०९ : २२
मङ्गलबार, २४ माघ २०७९

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा १० अर्ब भन्दा माथिको सुन भित्रिएको छ । भन्सार विभागका अनुसार गत छ महिनामा १० अर्ब ९५ करोड ७१ लाख ९१ रुपियाँ मूल्य बराबरको सुन भित्रिएको हो । 

जसअनुसार ६ महिनामा १५ लाख १६ हजार ५८६ ग्राम अर्थात् एक हजार ५१६ केजी सुन आयात भएको छ । सो अवधिमा ३२ करोड ४८  लाख १८  हजार रुपियाँ बराबरको ३५ लाख २३ हजार ग्राम अर्थात् तीन हजार ५२३ केजी चाँदी आयात भएको भन्सार विभागले जनाएको छ । 

भन्सार विभागका अनुसार सुन आयातको तुलनामा यस अवधिमा निर्यात भने घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप