६ महिनामा डलरसँग नेपाली रुपैयाँ १.७९ प्रतिशतले अवमूल्यन
मङ्गलबार, २४ माघ २०७९, १२ : १६
काठमाडौँ । गत साउनयता नेपाली मुद्रा (रुपैयाँ) १.७९ प्रतिशतले अवमूल्यन हुन पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको छ महिनामा नेपाली रुपैयाँ अमेरिकी डलरसँग १.७९ प्रतिशतले अवमूल्यन हुन पुगेको हो ।
विश्व व्यापारमा अन्तर्राष्ट्रिय बजारमा भारतीय मुद्रा कमजोर हुँदा त्यसको असर नेपाली रुपैयाँमा समेत परेको हो । नेपाल र भारतको स्थिरि विनिमय नीति (करेन्सि प्याक) रहेको छ ।
गत असार मसान्तसम्ममा यस्तो विनिमय अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.९५ प्रतिशतले अधिमूल्यन (भाउ वृद्धि) भएको थियो ।
२०७९ पुस मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १२९ रुपैयाँ ८३ पैसा पुगेको छ । गत असार मसान्तमा यस्तो विनिमयदर अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५१ पैसा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण