बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

६ महिनामा डलरसँग नेपाली रुपैयाँ १.७९ प्रतिशतले अवमूल्यन

मङ्गलबार, २४ माघ २०७९, १२ : १६
मङ्गलबार, २४ माघ २०७९

काठमाडौँ । गत साउनयता नेपाली मुद्रा (रुपैयाँ) १.७९ प्रतिशतले अवमूल्यन हुन पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको छ महिनामा नेपाली रुपैयाँ अमेरिकी डलरसँग १.७९ प्रतिशतले अवमूल्यन हुन पुगेको हो । 
विश्व व्यापारमा अन्तर्राष्ट्रिय बजारमा भारतीय मुद्रा कमजोर हुँदा त्यसको असर नेपाली रुपैयाँमा समेत परेको हो । नेपाल र भारतको स्थिरि विनिमय नीति (करेन्सि प्याक) रहेको छ ।

गत असार मसान्तसम्ममा यस्तो विनिमय अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.९५ प्रतिशतले अधिमूल्यन (भाउ वृद्धि) भएको थियो ।
२०७९ पुस मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १२९ रुपैयाँ ८३ पैसा पुगेको छ । गत असार मसान्तमा यस्तो विनिमयदर अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५१ पैसा रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप